४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

लिङ्क रोड निर्माण नै नगरी प्रधानमन्त्री ओलीबाट मेची पुलकाे उद्घाटनकाे तयारी

लिङ्क रोड निर्माण नै नगरी प्रधानमन्त्री ओलीबाट मेची पुलकाे उद्घाटनकाे तयारी
अ+ अ-

झापा – लिङ्क रोड निर्माण नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुरस्थित मेची पुल पुस ९ गते उद्घाटन गर्ने तयारी तीव्र पारिएको छ ।

नेपालसित भारत र बंगलादेशको व्यापारिक सम्बन्ध सरल बनाउन हुलाकी सडकको पहिलो पुलका रूपमा निर्माण सम्पन्न गरिएको सो पुलको भारतीय मार्ग खोलिएकै छैन भने नेपालतर्फ १.२९० मिटर सडक हुलाकी मार्गमा जोडिन बाँकी हुँदै उद्घाटनका चरणमा प्रवेश गराइएको हो ।

भद्रपुरबासीको बहुप्रतीक्षित मेची पुल भद्रपुर नाकामा सडक पूर्वाधारबिनै निर्माण सम्पन्न भएको ६ महिनापछि उद्घाटनको अवस्थामा पुगेको हो । पूर्व पश्चिम तराई लोक मार्गका रूपमा रहेको हुलाकी सडक अन्र्तगतको पहिलो पुल निर्माण चर्चाको साठी वर्षपछि नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने गरी मेची नदीमा निर्माण भएको छ ।

प्रवेशद्वार सडकअन्तर्गत मेची पुलदेखि पश्चिमपट्टिको १६० मिटरमा पर्ने २२ घरपरिवार र तीन सरकारी कार्यालय भत्काउने काम तीव्र गतिमा सम्पन्न गरेर सडक ग्राभेल धमाधम भइरहेको छ । हुलाकी सडक परियोजना क्षेत्रीय कार्यालय इटहरीका प्रमुख विजय महतोका अनुसार पहिलो चरणमा १६० मिटर सडक ग्राभेल गर्ने काम अन्तिमचरणमा पुगेको छ । बाँकी १.२९० मिटर सडक बन्ने क्रममा रहेकोले पुल उद्घाटनपछि काम सम्पन्न हुने छ ।

पुल निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाका अनुसार सडक खाली भएपछि दुई सातामा १६० मिटरमा ग्राभेल सडक निर्माण पूरा भएको छ । उनले भने, ‘पुल जोड्ने भारतर्फको सडकलाई पुनः बनाउनु पर्ने हुन्छ, त्यो काम पनि नेपाल भारत सरकारले निर्णय गरेपछि छिटै सुरु हुँदैछ ।

हुलाकी सडक कताबाट सुरु हुने स्पष्ट नभएकोले नेपालतर्फको १.२९० मिटर सडकको मुअब्जा विवाद टुंगो लाग्न नसकेको जनाउँदै पुल निर्माण स्थल भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की विवाद टुंगो लगाउन सरकारपछि हट्नु नहुने बताउछन् । विवाद अन्त्य नगरी उद्घाटन हुने पुल सञ्चालनमा आउन नसक्ने तर्क गर्दै वडाध्यक्ष कार्की हुलाकी सडकको पूर्वी खण्डको अहिलेको अन्तिम बिन्दु रहेको झापा चौकबाट हुलाकी सडक सुरु हुने हो कि मेची पुलबाटै पहिलो बिन्दू मानिने हो ? जनताले जवाफ खोजिरहे पनि सरकार मौन बसेकाले स्थानीय मुअब्बाको पीडामा परेका छन् भन्छन् ।

दक्षिण झापाको समृद्धिका लागि मेची पुल सञ्चालन अपरिहार्य भएको तर्क गर्दै नेकपाका स्थानीय नेता शिवकुमार राजभण्डारी नेपाल तथा भारततर्फ सडक निर्माणको समस्याले मेची पुल उद्घाटन रोकिनु नहुने तर्क गर्छन् । उनका अनुसार भद्रपुर लगायत दक्षिणी झापा बासीको छ दशक लामो सपना पूरा हुन अवरोध भइरहेको अवस्थाबाट मुक्ति दिलाउन प्रधानमन्त्रीलाई नैतिक दवाव उद्घाटनले दिने प्रष्ट्याउँछन् ।

मेची पुललाई चाँडो सञ्चालनमा ल्याउन दवाव दिन स्थानीयको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल केन्द्रीय सरकार र हुलाकी मार्ग आयोजनालाई पुल जोड्ने नेपाल तथा भारततिरको सडक जोडेर सञ्चालनको वातावरण निर्माणका लागि दवाव दिन थालेको पनि महिनौं बितिसकेको जनाउँदै घरवार सडकमा परेर सुकुम्बासी बन्न लागेका प्रस्तावित सडकका बासिन्दाको चित्कार सुन्ने आँट सरकारले नगरेको प्रष्ट्याउँछन् । भएको घरबास सडक विस्तारका नामा सरकारले गर्नु नहुने तर्क गर्दै पोखरेल हुलाकी सडकको अन्तिम बिन्दू सार्ने हो भने उचित क्षतिपूर्ति व्यवस्थापनमा गएर नागरिकका समस्या सुल्झाउन सुझाव दिन्छन् ।

मुआब्जाको विवादले मेची पुल निर्माण भएसँगै सडक निर्माण कार्यमा पटक पटक अवरोध भइरहेको छ । हुलाकी लोकमार्ग निर्देशानालय काठमाडौंले मेची पुलको सडकलाई हुलाकी राजमार्गसँग जोड्ने सडक निर्माणका लागि डेढ किलोमिटर सडक निर्माणको टेण्डर आह्वान गरी ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । २०७५ असार २८ मा निर्देशानालयले एक हजार ५०० मिटर सडक निर्माणका लागि करिब साढे पाँच करोडमा याक्थुमहाङ निर्माण सेवा पाँचथरसँग सम्झौता गरिसकेको प्रष्ट पारेको छ ।

नयाँ बाटो निर्माणका लागि सरकारले सो सडक खण्डको १६७ मिटर क्षेत्रमा रहेका घरपरिवारलाई मुअब्जा रकम गत आर्थिक वर्षमा वितरण गरेपछि बाँकी एक हजार २८० मिटरमा पर्ने पुरानो माछा हटियादेखि झापाचोकसम्मका स्थानीयले मुअब्जाको माग गरी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जग्गाधनीलाई कुनै सूचना नदिई आफ्ना जमिन अतिक्रमण गरी सडक बिस्तार गर्ने निर्णय गरिएको दावी गर्दै सडक निर्माण गर्न नदिने गरी आन्दोलनमा उत्रिएका हुन् । मेची पुलमा जोड्ने नेपाल तथा भारततिरको भण्डै दुई किलो मिटर सडक भने निर्माण हुन सकेको छैन ।

यही सडकका कारण पुल उद्घाटन भएपनि सञ्चालन हुनै नसक्ने सडक विस्तारबाट पीडित हुन लागेका स्थानीयहरूको दाबी छ । उनीहरू मुअब्जाको व्यवस्थापन नगरेसम्म कुनै पनि हालतमा सडक विस्तार गर्न नदिने भन्दै आन्दोलित छन् ।

यता ६० वर्षे इतिहासमा शिलान्यास मात्र गरेर अलपत्र परेको मेची पुलका वास्तविक निर्माता विजयकुमार गच्छदारलाई भने पुल उद्घाटनमा नबोलाइने चर्चाले भद्रपुरका बासिन्दामा चिन्ता छाएको छ । गच्छदारलाई नल्याइ पुल उद्घाटन गर्न खोजे प्रतिवादमा भद्रपुरका बासिन्दा उत्रने स्थानीय युवा विकास गुप्ता बताउँछन् ।