१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी राजमार्ग : आठ वर्षमा १४० किमी कालोपत्र



अ+ अ-

काठमाडौँ । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ ।

आव २०६६/६७ देखि आयोजना शुरु भएपनि अहिलेसम्म जम्मा १४० किमी कालोपत्र गरिएको राजमार्ग आयोजनाका आयोजना निर्देशक अशोक तिवारीले जानकारी गराउनुभयो । उहाँले आयोजनाको शुरुमा ठेक्कापट्टा, मुआब्जा जस्ता कार्यले निर्माण कार्य ढिलाइ भएको बताउनुभयो ।

‘‘पहिले विस्तृत परियोजना प्रतिवेदनदेखि राजमार्ग निर्माणको ठेक्कापट्टा गर्नुपर्ने कारणले ढिलाइ भएको हो,’’ उहाँले भन्नुभयो, ‘‘ढिलाइ भएका कारणले अहिले पहिलो चरणमा एक हजार २४८ किमी सडक निर्माण कार्य शुरु गत वर्षबाट धमाधम शुरु गरिएको छ ।’’ उहाँका अनुसार आव २०७९/८० सम्म ९७५ किमी कालोपत्र गर्ने योजना रहेको यस आवमा १०० किमी कालोपत्र गर्ने लक्ष्य रहेको छ ।

उहाँले आगामी चार वर्षभित्र हुलाकी राजमार्ग निर्माण गर्ने गरी काम गरिने भइरहेको बताउनुभयो । पहिलो चरणको एक हजार २४८ किमी सडक निर्माण भइरहेको आयोजनाको ५४४ किमी सडक निर्माण गर्न बाँकी रहेको छ ।

कूल लम्बाइमध्ये ९७५ किमी पूर्व–पश्चिम र ८९७ दशमलब ४२ किमी उत्तर–दक्षिण रहेको छ । राजमार्गको दोस्रो चरणमा पूर्व–पश्चिमतर्फ ४०७ किमी र उत्तर–दक्षिण १५७ किमी रहेको छ ।

आयोजना निर्देशक तिवारीले दोस्रो चरणको सडक निर्माणका लागि बोलपत्र आह्वानको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराउनुभयो । ‘‘अर्थ मन्त्रालयबाट सहमति आउनासाथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ,’’ उहाँले भन्नुभयो, ‘‘सडकको विस्तृत परियोजना प्रतिवेदन तयार रहेकाले आगामी चार वर्षमा बाँकी सडकको निर्माण सम्पन्न गरिने गरी ठेक्का दिइनेछ ।’’

 




भर्खरै