२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएल–भैरहवा उपाधि नजिक



अ+ अ-

काठमाडौँ । भैरहवा ग्लाडियटर्सले काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १०१ रनको विजय लक्ष्यलाई भैरहवाले १७ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । भैरहवाको जीतमा रायन टेन डोसकाटेले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रबी इन्द्रर सिंहले ३१, रोहितकुमार पौडेल नौ तथा कप्तान शरद भेषावकरले अविजित ६ रन जोडे ।

काठमाडौँका संसद् शेखले दुई विकेट लिए भने प्रदीप साहुले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय रनको योगफल बनाएको थियो ।

काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे भने प्रदीप साहुले २५ तथा अमित श्रेष्ठले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । काठमाडौँलाई एक सय रनमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले तीन विकेट लिए भने मोहमद नाभिदले दुई विकेट झारे । जीतसँगै भैरहवाले यही पुस ७ गते शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ ।