२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिएमसीले हात निकाले पनि घाटा हुदैन: बिना मगर



अ+ अ-

काठमाडौँ । मुख्य ठेकेदार सिएमसी डि रेभेन्नाले काम छाडे पनि सरकारले भने मेलम्ची खानेपानी आयोजना समयमै सक्काउने  दाबि गरेको छ। वित्तीय रूपमा सिएमसी कमजोर भएको भन्दै आयोजनाबाट हात निकालन लागेपछि मन्त्रालयल आफ्नो बचाउँमा जुटेको हो ।

मन्त्रालयल यदि सिएमसीले काम छोडे पनि आफूहरूलाई आर्थिक क्षति नहुने दाबी गरेको छ। खानेपानी मन्त्री बिना मगरले मेलम्चीको विषयमा सिएमसिसँग वार्ता जारी रहेको भन्दै आयोजनाको काम सम्पन्न गर्न विभिन्न विकल्पहरुमा छलफल भइरहेको जानकारी गराइन्।

काम गर्न नसक्ने अवस्था आए पनि सिएमसीको ३ अर्ब ५० करोड छ, अब लाग्ने लागत २ अर्ब ६० करोड मात्रै भएकाले फाईदा हुने मगरले जानकारी दिएकि हुन् ।नयाँ निमार्ण कम्पनिसँग फेरि सम्झौता गर्दा ढिलाई हुने भएकाले सिएमसीको रकम रोक्का गर्न आफूहरूले पत्राचार गरिसकेको जानकारी गराइन्।

खानेपानी आयोजनाको सुरुङको फिनिसिङलगायतका केही काम मात्र बाँकी भएको अवस्थामा आफूले काम गर्न नसक्ने बताउँदै सिएमसी कम्पनीले हात झिक्न खोजेको हो । सिएमसीले आफूलाई झण्डै एक अर्ब रुपैयाँ घाटा भएको भन्दै समयमै क्षतिपूर्ति रकम पाए मात्र काम गर्ने जनाएको छ।