२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची पर्यटन महोत्सव शुरु



अ+ अ-

इलाम । पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ ।

महोत्सवको शुरुमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित ¥याली निकालिएको थियो । ¥यालीमा चार जिल्लाका पर्यटकीय स्थलको समेत प्रदर्शन गरिएको थियो ।

साबिक मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने योजनाले शुरु भएको यो महोत्सव आजदेखि शुरु भएर १६ गतेसम्म चल्नेछ । चार जिल्लामा बसोबास गर्ने जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने आयोजकको भनाइ छ ।

पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा भएको महोत्सवमा ५० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सतार नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याएको आयोजक समितिका महासचिव देवी पौड्यालले जानकारी दिनुभयो । रासस