३० कार्तिक २०८१, शुक्रबार
,
Latest
रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने उपनिर्वाचनमा कसैप्रति आग्रहरपूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन् अतिक्रमित संरचना हटाउने क्रममा अवरोध गरेपछि सुमन सायमिसहित ४ जना पक्राउ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छः अध्यक्ष दाहाल प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु



अ+ अ-


अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी ९एएलपी० कमाण्डर सलिम कोची र अर्का प्रहरी अधिकृतको हत्या भएको प्रान्तीय प्रहरी प्रमुख अक्रमुद्दिन सारेहले बताउनुभयो । विद्रोहीले उनीहरु चढेको मोटरमा घेरा हाली आक्रमण गरेका थिए ।

जमान खिल भन्ने स्थानमा भएको विद्रोहीको त्यस आक्रमणबाट प्रहरीका धेरैवटा सवारी साधनमा समेत क्षति पुगेको छ । उक्त स्थान प्रान्तीय राजधानी पुल–ए–खुम्रीको बाहिरी इलाका हो ।

प्रहरीको जवाफी फायरिङबाट विद्रोही लडाकूहरु पनि मारिएको र घाइते भएको प्रहरीले जनाएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट अमेरिकाआवद्ध नेटो सेनाले अफगान युद्ध सकिएको घोषणा गरेयता विद्रोहीको आक्रमण तीव्र भएको छ । युद्धबाट अफगान सैनिक हताहत हुनेक्रम बढेको छ ।

अफगानिस्तानमा दिनदिनै शान्तिसुरक्षाको स्थिति बिग्रिएपछि युद्धरत विद्रोहीहरुलाई वार्तामा ल्याउन प्रयास थालिएका छन् । रासस