२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस



अ+ अ-

डडेल्धुरा । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जाडोका कारण कोठामा मक्कलमा आगोका कोइला राखेर ढोका थुनी सुतेका आमा छोरा आज बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पु¥याइएका थिए । अस्पतालले छोरा विनोदको करीब छ घण्टा अगाडिनै मृत्यु भएको अनुमान गरिएकोे छ ।

डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको बुझिएको प्रहरीले जनाएको छ । मृत्यु भट्टका बुबा कामको सिलसिलामा विदेशमा छन् ।

अक्सिजन पर्याप्त रुपमा नपाउँदा निसास्सिएर १३ वर्षीय विनोद भट्टको मृत्यु भएको छ भने आमालाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रिफर गरिएको छ । अमरगढी नगरपालिका–५ डडेल्धुरा पेनेसिया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हीरा भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।