• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार




अछाम । नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार अभियान सम्पन्न भएको छ । बान्नीगढी गाउपालिका–०६ विन्देवासिनी मावि दर्नामा भएको बेठकबाट ३६ सदस्यीय कमिटि गठन गरिएको छ।

रविन्द्र टमट्टाको अध्यक्षतामा भएको बैठकले उपाध्यक्ष सृजना साउद , जगत साउद जीवन शाह,सचिवमा लक्ष्मण साउद, शुसिला शाह, सहसचिवमा कृण्ण साउद र कोषाध्यक्षमा उर्मिला कठायत चयन गरेको छ ।

यस्तै एश्वर्य मावि दर्नामा बसन्ती शाहको अध्यक्षतामा बसेको बैठकले २३ सदस्यीय इकाई गठन गरेको छ । जसमा उपाध्यक्ष पुष्पा थापा,दिपेश धामी,सचिव महेन्द्र शाह,निरुता शाह,सहसचिव हरि टमट्टा र कोषाध्यक्ष कविता थापा चयन गरेको हो ।

बान्नीगढी गाउँपालिकाका संयोजक खेमराज साउदको अध्यक्षतामा भएको इकाई गठन कार्यक्रममा प्रमुख अतिथि नेविसंघका जिल्ला अध्यक्ष नृप साउद , जिल्ला सदस्य कमल खनाल,विद्यार्थी नेता जनकराज उपाध्याय संचालन जनता क्याम्पस बयालपाटाका ईकाई अध्यक्ष हर्क साउद रहेका थिए ।