४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

नेकपा बैठक : तालीभन्दा गाली बढी !

नेकपा बैठक : तालीभन्दा गाली बढी !
अ+ अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । बिहीबारको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

अध्यक्षद्वय ओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने संस्थापनइतर पक्षका नेताले विरोध गरेका छन् । पार्टी नेतृत्व र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संस्थापनइतर पक्षका नेताले चर्को विरोध गरेका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा घनीभूत छलफल भइरहेको छ । छलफलका क्रममा अधिकांश सदस्यले सरकार तथा पार्टी नेतृत्वको गतिहीनता र कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
स्थायी कमिटी सदस्य किरण गुरुङले नेतृत्वको गलत कार्यशैलीकै कारण पार्टी एकता र सरकारको गति शून्य बन्न पुगेको बताए । विधि, विधान एवं मापदण्ड मिचेर नेतृत्वले काम गर्न थालेपछि सरकार र पार्टीको काम अव्यवस्थित हुन पुगेको उनले बताए ।

पार्टी एकीकरण भएको लामो समय बिते पनि एकीकरण प्रक्रिया टुंगो लाग्न नसक्नुका पछि नेतृत्वको गलत कार्यशैली रहेको गुरुङको भनाइ थियो । जनताले कम्युनिस्ट पार्टीलाई दुई तिहाइ मत दिए पनि पार्टीले त्यसलाई सही तरिकाले जनताको पक्षमा सदुपयोग गर्न नसकेको उनले बताए ।
‘जनताले हामीलाई दुई तिहाइ दिएका छन्, यो हामीले घमण्ड गर्ने विषय होइन,’ गुरुङले भने, ‘दुई तिहाइ भनेको मनपरी गर्न पाइने छुट पनि होइन, दुई तिहाइ चुनौती हो, सामना गरेर जानुपर्छ ।’
स्थायी कमिटीका सदस्य एवं वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारको बचाउ गर्दै पार्टी पंक्तिबाट सरकारलाई सहयोग नभएको बताए ।

‘यो नौ महिनामा मातृका यादव पनि भ्रष्टाचारी हो भन्ने सन्देश गएको छ, यो मेरो जीवनमै पहिलोपटक भएको छ,’ यादवको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘अहिले सरकारले केही गरेको छैन जस्तो भएको छ, हुन त सरकार दुई तिहाइको हो तर सबैलाई २५ जना मन्त्रीको हो भन्ने मात्रै लागेको छ ।’

अर्का स्थायी कमिटी सदस्य एवं कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले पनि सरकारको बचाउ गरेका थिए । उनले सरकारले राम्रो काम गर्दासमेत त्यसको उच्चारण नहुने गरेको भन्दै दुःख व्यक्त गरे ।

अर्का सदस्य एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि बैठकमा सरकारको बचाउ गरेका छन् । उनले संक्रमणकालका बेला नराम्रो भए पनि त्यसलाई स्विकारेर अघि बढ्नुपर्ने बताएका थिए । नेतृत्वको आलोचना गरेर मात्रै केही नहुने भन्दै पार्टी एकता टुंगो लगाउँदै समृद्ध नेपाल निर्माण अभियानमा लाग्नुपर्ने बताए ।

रिमालले अधिकांश समय स्थायी कमिटी सदस्यहरूले बैठकमा नेतृत्वको आलोचना गरेको विषयमा बोलेका थिए । रिमालले राजनीतिक प्रतिवेदनमा कम समय र विरोधमा बढी समय बोलेको नेकपा स्रोतले जनाएको छ ।

यता नेता अमृतकुमार बोहराले सरकार र पार्टी नेतृत्वको आलोचना गरेका छन् । पार्टी एकता र सरकार सञ्चालनप्रति असन्तुष्टि व्यक्त गरेका उनले एकता प्रक्रिया टुंगो लगाउन आग्रह गरे । विधि, प्रक्रिया, एवं मापदण्डअनुसार काम नेतृत्वले गर्न नसकेको भन्दै कार्यशैली सच्याउनुपर्ने माग उनले गरे ।

यसैगरी, नेता पेशल खतिवडा, पम्पा भुसाल, लिलामणी पोखरेललगायतका नेताले राजनीतिक प्रतिवेदनका विषयमा आफ्नो धारणा राखेका थिए । बैठक शुक्रबार पुनः बस्ने नेकपा महासचिव विष्णु पौडेलले जनाएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।