२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारीले यसकारण झुकायो सरकारलाई



अ+ अ-

काठमाडौं । निजामती कर्मचारीले आन्दोलनलाई देशव्यापी बनाउन थालेपछि अन्ततः सरकार कर्मचारीको माग पूरा गर्न सहमत देखिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई बढुवा भएर केन्द्रसम्म आउन सक्ने सबै बाटा खुला गर्नेगरी कानून बनाउन सरकारी पक्ष सहमत भएको समाचारमा उल्लेख छ ।

अब छिट्टै बन्ने क्रममा रहेको संघीय निजामती ऐनमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रसम्म आउन सक्ने गरी कार्यसम्पादन, आन्तरिक प्रतियोगिता र अन्तरसेवा प्रतिस्पर्धाको आधारमा बढुवा हुने व्यवस्था गरिने सरकारी अधिकारीले प्रतिबद्धता जनाएका छन् ।