२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर मुस्ताफासहित तीन खेलाडी निलम्बित



अ+ अ-

 

काठमाडौँ । युएईका कप्तानसहित तीन खेलाडीलाई युएई क्रिकेट बोर्डले ८ साताका लागि निलम्बन गरेको छ।

खेलाडीले आचरण उल्लङ्घन गर्दै सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा बोर्डले कप्तान रोहन मुस्ताफा, अहमद राजा र रामेज साहजादलाई तीन साताका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गर्ने निर्णय गरेको हो।

यो महिनाको सुरूमा पाकिस्तानमा आयोजित इमर्जिङ टिम्स कप क्रिकेटमा आयोजकविरूद्ध ट्विट गरेका उनीहरू कारबाहीमा परेका हुन्।

खेलाडीले पाकिस्तानमा सम्पन्न इमर्जिङ एसिया टिम्स कप खेलेपछि आफ्नो अनुसाशन उल्लङ्घन गर्दै सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै कारबाही गरेको बिहिबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
ईसीबीले कारबाहीमा परेका ३ जना खेलाडीहरूलाई ८ साताको निलम्बन गर्दै आगामी दिनमा आचरण सुधार्न चेतावनीसमेत दिएको छ।

प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको युएईले लिगको अन्तिम खेलमा हङहङलाई हराए सेमिफाइनलमा स्थान बनाउने थियो। तर खेल पानी परेर रद्ध भएको थियो।

उक्त खेलमा पानी पर्नुअगाडि ३१ ओभरको समाप्तिमा हङहङले ४ विकेट गुमाएर ८७ रन बनाएर खेलिरहेको थियो। यसपछि खेल वर्षाले अवरूद्ध गरेको थियो। उक्त खेल हुननसकेपछि दुबैलाई अंक बाँडिएको थियो।

यो खेल आफूहरूले जित्ने दाबी गर्दै कप्तानसहित तीन खेलाडीले आयोजकको कमजोर तयारी विरूद्ध रुष्ट हुँदै ट्वीट गरेका थिए।
अंक बाडिएको खेलपछि युएईका खेलाडीहरूले आफूहरू सेमिफाइनलमा आयोजककै कारण पुग्न नसकेको भन्दै निराशा पोखेका थिए। पछि उनीहरूले उक्त ट्वीट डिलिट गरेका थिए। ऐजेन्सी