४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा
अ+ अ-


वासिङटन । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो ।

सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् ।

ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुअरीको अन्त्यबाट पद त्याग्नु हुनेछ । राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले “आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाइँ (राष्ट्रपति) सँग छ” उल्लेख गर्नुभएको छ ।

एकजना वरिष्ट अमेरिकी अधिकारीका अनुसार, म्याटिसले आफ्नो राजीनामा पत्र लिएर राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुग्नुभएको थियो र उहाँले ट्रम्पसँग करिब ४५ मिनेट कुराकानी गर्नुभएको थियो ।

ती अधिकारीले भेटका क्रममा दुबै नेताबीच कुनै खास किसिमको विवाद थिएन । तर, म्याटिसले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने निर्णयमा गम्भीर असहमति राखेको हुनसक्ने उनको भनाइ थियो ।

म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ । ट्रम्पका सहयोगीहरुले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन् । राष्ट्रपतिका एक इमान्दार सल्लाहकारको बहिर्गमनले राष्ट्रपतिलाई आगामी दिनमा अझ चुनौती खडा हुने बताइएको छ ।

“जनरल म्याटिसको राजीनामा पत्र भर्खर पढें,” फ्लोरिडाका निकै प्रभावशाली रिपब्लीकन पार्टी सिनेटर मार्को रुबियोले ट्वीट गर्दै भन्नुभयो । “हामी गम्भीर नीति भूलतर्फ उन्मूख रहेको यसले सङ्केत गरेको छ । यसले हाम्रो मुलुकलाई जोखिममा पार्नेछ, हाम्रा गठबन्धनलाई नोक्सानमा पार्नेछ, र हाम्रा शत्रुहरुलाई सशक्तीकृत गर्न मद्दत गर्नेछ ।”

अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानबाट अर्को वर्षको मध्यसम्ममा झण्डै आधा अर्थात् करिब १४ हजार अमेरिकी सैनिक फिर्ता गर्नेगरी तयारी थालेको छ । तथापी यसबारेमा अन्तिम निर्णय भने हुन सकेको छैन ।

अद्यापी म्याटिसले सिरिया मामिला वा अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्यामा भारी कटौती गर्ने बारेमा पत्रमा केही उल्लेख गर्नु भएको छैन । म्याटिसले चीन र रसियाले विश्वभर “सर्वसत्तावादी ढाँचा” को शासन पद्धति फैल्याउन चाहेको र अमेरिकी पछिल्ला नीतिले त्यसलाई मलजल गर्ने देखिएको बताउनुभएको छ ।

उहाँले पत्रमा लेख्नुभएको छ, “त्यहीकारण हामीले साझा प्रतिरक्षा उपलब्ध गराउन अमेरिकी शक्तिका सबै साधनको प्रयोग गर्नै पर्दछ ।”

राष्ट्रपति ट्रम्पले नयाँ रक्षामन्त्रीको चयन चाँडै हुने बताउनुभएको छ । “राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीको कार्य नै राष्ट्रपतिलाई सुझाव दिनु हो र निर्णयकर्ता राष्ट्रपति हो,” ह्वाइट हाउसकी प्रेस सचिव सराह स्यान्डर्सले बताउनुभयो ।

म्याटिसका आलोचकहरुले राष्ट्रपति ट्रम्पका कैयौं आक्रामक कदमहरुलाई कार्यान्वयनमा लैजान म्याटिसले ढिलाइ गर्नुभएको बताएका छन् । रासस