२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै स्थानीय तहमा बैंकिङ सुविधा



अ+ अ-

बैतडीका सबै स्थानीय तहमा बैकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बैकिङ सुविधा पुर्याइएको हो ।

जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टीमेन्ट बैंक र मेलौलीमा एनसिसी बैंकका शाखा स्थापना भइसकेका छन् ।
शिवनाथ गाउँपालिकामा केही दिन अगाडि मात्रै नेपाल एसबिआई बैंकको शाखा स्थापना भएको भए पनि खाता खोल्ने काम मात्रै भइरहेको गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारी दिनुभयो । खाता खोल्ने बाहेकका अन्य सेवा सुविधा केही दिनभित्रै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखा रहेका छन्, भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका शाखा छन् । सरकारले २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि बैतडीका सबै स्थानीय तहमा भने एक वर्षपछि पुगेका हुन् । बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । रासस