२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल अदालतको कठघरामा, मुद्दाको फैसला आज



अ+ अ-


काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दाको सुनुवाई आज हुने भएको छ । अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको पेशी आजको लागि तोकिएको हो ।

देउवालाई प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेर अदालतको निर्णयमाथि बिबादास्पद बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

अधिवक्ता हरिप्रसाद मैनालीले २० चैत ०७३ मा रिट  दायर गरेका थिए । उक्त मुद्दाको पेशी प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशले हेर्ने भएको छ ।

तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डविरुद्ध द्वन्द्वपीडितहरूले शान्ति सम्झौतापछि अदालतले दिएको आदेश पालना नगरेको आरोप लागेको हो । अदालतले गरेको निर्णय बिरुद्द कदम चालेर अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेका हुन् । यो मुद्दाको पेशी शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशमा परेको छ ।