४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियानलाई कार्यान्वयन गर्न उक्त समिति गठन गरेको हो ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मासाथ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सक्रियतामा कात्तिक ११ देखि शुरु भएको अभियानको कार्यान्वयनका लागि जिल्ला, पालिका, वडा, टोल र विद्यालय समिति गठन गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६८ जिल्ला समिति, ६३६ पालिका समिति, दुई हजार १३२ वडा समिति, ७०५ टोल समिति र एक हजार ८५६ विद्यालय समिति गठन भइसकेका छन् ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी समिति गठनको कार्यले तीव्रता पाएको बताउनुहुन्छ । “अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्न उक्त समितिले महत्वपूर्ण भूमिका खेल्नेछ,”उहाँ भन्नुहुन्छ ।

विकास र सुरक्षाको अन्तनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास प्रहरीले लिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न समेत यो अभियानले सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले अभियानलाई तीव्रताका लागि सञ्चालन गर्न विभिन्न चरणमा १० हजार ५६ जना प्रहरी कर्मचारीलाई प्रशिक्षक, प्रशिक्षण, अभिमुखीकरण तालीम प्रदान गरिसकेको छ ।

देशभरका ७५३ वटै स्थानीय तहमा कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि सारिएको अभियानमा हालसम्म ७४५ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

अभियान सञ्चालन गरेसँगै प्रहरीले फरार अभियुक्तको खोजी गर्नसमेत सहज भएको छ । तीन हजार ५७ जना फरार अभियुक्तमध्ये अभियानसँगै ७३२ फरार अभियुक्तलाई पक्राउ गरिसकेको छ । २० नाल हातहतियार, १५ राउण्ड गोली, २२५ किलो गाँजा, ५८ किलो चरेश, एक किलो हिरोइनसमेत बरामद गरेको छ ।

यसैगरी, १९ बिगाहामा गरिएको गाँजाखेती नष्ट, ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट समेत गरेको छ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सामुदायिक सुरक्षा पाठ्यक्रम विकास, जनचेतनामूलक सामग्रीको विकास र ‘डिजिटल रिसोर्स सेन्टर’को स्थापना समेत गरिसकेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकाको सबै स्थानीय तहसँग प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा हस्ताक्षर गरेर काम गरिरहेको बताउनुहुन्छ ।

“काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहसँग साझेदारी गरेर काम अगाडि बढाइसकेका छौँ,उहाँ भन्नुहुन्छ, “प्रहरीले ल्याएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान कार्यान्वयन भएमा समाजमा हुने अधिकाशं अपराधका घटनामा कमी आउने विश्वास नेपाल प्रहरीले लिएको छ । ” रासस