६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमीनमा महिलाको स्वामित्व बढ्यो



अ+ अ-

दाङ । कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो ।

अझ अविवाहिता छोरीलाई त ‘उनीहरू अर्काको घर जाने जात हो, भोलि छोराले के खाला ?’ भन्ने समाजिक मान्यता थियो । त्यसैले घरको मालिक पनि पुरुष, जग्गाको मालिक पनि पुरुष, व्यवसायको मालिक पनि पुरुष हुने गर्दथे । तर त्यो परम्परा अहिले भने विस्तारै तोडिँदै गएको छ ।

सरकारले महिलाको नाममा जग्गा किनबेच गर्दा राजश्वमा केही प्रतिशत छुट दिने निणर्य गरेपछि महिलाको नाममा पनि सम्पत्ति राख्न थालिएको छ । राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा पास गर्न पुरुष पनि उदार देखिन थालेका छन् ।

सरकारले सम्पत्तिमा महिलाको अधिकार सुनिश्चत गर्ने उद्देश्यले महिलाको नाममा घरजग्गा नामसारी गर्दा राजश्वमा छुट दिने नीति ल्याएपछि दाङमा महिलाको नाममा घरजग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्ला मालपोत कार्यालय दाङका खरिदार पुरुषोत्तम खनालका अनुसार यस यस आर्थिक वर्षको हालसम्ममा दाङका एक हजार ८७९ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा शहरी क्षेत्रका एक हजार ८६० जना र ग्रामीण क्षेत्रका १९ जना रहेका छन् । ती महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ७३ लाख पाँच हजार ६२४ राजश्व छुट भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा शहरी क्षेत्रका पाँच हजार ९०९ र ग्रामीण क्षेत्रका दुई हजार ९८ गरी कूल आठ हजार सात महिलाको नाममा जग्गा पास गराउँदा रु दुई करोड १९ लाख ८५ हजार ८६८ राजश्व छुट पाएका थिए । रासस