२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने



अ+ अ-

विराटनगर । जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने सहभागीले जोड दिएका छन् ।

वन तथा भू–संरक्षण विभागद्वारा आज यहाँ आयोजित सङ्घीय संरचनामा कोशी वृहत जलाधार व्यवस्थापनमा प्रयास र सम्भावना विषयक कार्यक्रममा सहभागीले जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन हुनु नै राष्ट्रका लागि फाइदाजनक हो भनेका छन् ।

प्रदेश नंं–१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बहुआयामिक कोशी जलाधारको उचित व्यवस्थापनले सिँचाइ र ऊर्जा क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सकिने बताउनुभयो ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले कोशी नदी नेपाल, भारत, चीन र बङ्गलादेशसँग जोडिएकाले यसबाट वृहत फाइदा लिन सकिने गरिएको योजना बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका भौतिक पूर्वाधार योजना सचिव सागरकुमार राई, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले जल, जमीन, वातावरण र विकासमा सन्तुलन कायम गर्न जलाधार क्षेत्रको उचित प्रयोग र व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

भोलिसम्म चल्ने सो कार्यक्रममा वन तथा भू–संरक्षण क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख, सिँचाइ कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुखको सहभागिता रहेको छ । रासस