१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि



अ+ अ-

टोकियो । जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्य शक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र स्टील्थ लडाकू बिमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो ।

अप्रिल २०१९ मा शुरु हुने नयाँ बजेटमा कूल ९१२ अर्ब डलरको वार्षिक बजेटकै एक हिस्सा हो । यो बजेटलाई प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषदले शुक्रबार अनुमोदन गरेको छ ।

रक्षा मन्त्रालयका अधिकारीहरुले प्रतिरक्षा बजेट ४७ अर्ब डलर पुगेको जानकारी दिएका छन् । जापानमा पाँच वर्षदेखि रक्षा बजेट लगातार वृद्धि भइरहेको छ ।

रक्षा अधिकारीहरुका अनुसार जापानले अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्नेछ जसमा छ वटा एफ–३५ए स्टील्थ लडाकू बिमानका साथै सामुद्रिक विशाल जहाजहरु रहेका छन् ।

जापान हालै नयाँ पाँचवर्षे प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । त्यही योजनाबमोजिम हातहतियार खरिदका लागि बजेट छुट्याइएको हो ।

प्रधानमन्त्री शिन्जो आबेले जापानको सैन्य क्षमता सुदृढ गर्ने योजनामा निरन्तर लगानी गरिरहनुभएको छ । मार्च २०२४ सम्मको यस पाँचवर्षे योजना अन्तर्गत जापानले आफ्ना दुईवटा हेलिकप्टर क्यारियरलाई अद्यावधिक गर्नेछ ।

एसिया प्रशान्त क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै प्रधानमन्त्री आबेले रक्षा बजेटमा वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभएको छ । तर आबेको उक्त कदमको जापानभित्रै पनि विरोध भइरहेको छ ।

दोस्रो विश्वयुद्ध पश्चात् भएको सहमति विपरीत जापानले आफ्नो सैन्य क्षमता बढाएको भन्दै चीनले आपत्ति जनाएको छ । जापानले आफ्नो प्रतिरक्षा नीतिमा मात्र ध्यान केन्द्रित गर्न चीनले आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा पनि जापानले अमेरिकी हतियार खरिद गर्नु परेको बताइन्छ । अमेरिकाले जापानसँगको व्यापार घाटा ज्यादै बढी भएको गुनासो गरिआएको छ । रासस




भर्खरै