३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

तीनकुने घटना: स्वतन्त्र छानबिन आयोगको गठन गर्न राप्रपाको माग

तीनकुने घटना: स्वतन्त्र छानबिन आयोगको गठन गर्न राप्रपाको माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापनाका लागि तीनकुनेमा भएको प्रदर्शनका बारेमा सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाउदै आयोग गठनको माग गरेको हो ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि तीनकुनेमा प्रदर्शन भएको थियो। त्यसक्रममा तोडफोड, आगजनी, लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो।

राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि सरकारसंग गरेको छ।

यस्तो छ ध्यानाकर्षण पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं

विषय: ध्यानाकर्षण सम्बन्धमा।

चैत १५ गते तीनकुने, कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन राज्यपक्षबाट भएको क्रियाकलापप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर दु:ख व्यक्त गर्दछ।

प्रदर्शनकारीहरूले आफ्नो सभा सुरू गर्ने क्रममा राष्ट्रियगान गाउन सुरू गरेको बेला प्रशासनले मञ्चलाई लक्षित गरेर सर्वसाधारणको घरको छतबाट अन्धाधुन्द म्याद सकिएका अश्रु ग्यासका सेलहरूको वर्षा गर्नु, सबिन महर्जनलाई ताकेर गोलिहानी हत्या गरिनु, आँखैअगाडि घर आगलागी हुँदा र उक्त घरमा मानिस रहेको जानकारी पाउँदा पनि नियन्त्रण र उद्धार गर्न नसकेर पत्रकार सुरेश रजकको ज्यान जानु, कार्यक्रमसँग कुनै सम्बन्ध नरहेका र कार्यक्रम स्थलबाट धेरै टाढा रहेका रेविका खत्री र उनका दाइलाई गोली हान्नु, प्रहरीले अलगअलग ठाउँमा चलाएको गोलीबाट दुई दर्जनभन्दा बेसी मानिसहरू घाइते हुनु, प्रहरीलेनै पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार निहत्ता प्रदर्शनकारीहरू माथि चैत्र १५ गते एकै दिन ७४६ राउन्ड अश्रुग्यास, १९२ ब्ल्याङ्क राउन्ड फायरिङ, ५८ राउन्ड हवाई फायर, कार्टिज ९छर्रा० २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको थियो।

यो नेपाल प्रहरीको मात्र विवरण हो। सशस्त्र प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक भएको छैन।

चैत्र १५ गते यति धेरै फायरिङ गर्नुपर्ने अवस्था किन आयो ? प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो ? गल्लीमा रहेका आमनागरिक पनि कसरी घाइते भए ? सभामा भाग लिएको, प्रदर्शनमा सहभागी भएको जस्ता आधारमै राप्रपा नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई “राज्यविरुद्धको अपराध” जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो ? यस्ता प्रश्नको उचित जवाफ नआएसम्म सरकार स्वयं उक्त दिनको प्रदर्शनलाई हिंसामा परिणत गर्न योजनाबद्ध तयारीमा थियो भन्ने अभियोगबाट मुक्त हुन सक्ने देखिँदैन।

सरकारको उक्त क्रियाकलाप प्रजातन्त्र मानव अधिकार र विचार अभिव्यक्तिको स्वतन्त्रताका विरुद्ध देखिन्छ। हामी यस प्रकारको विचार अभिव्यक्ति स्वतन्त्रता मानव अधिकार र प्रजातन्त्र विरुद्धको सरकारी क्रियाकलापको भत्सर्ना गर्दछौं।

भविष्यमा यस प्रकारका घटनाहरू नदोहोरीनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन हुन आवश्यक छ। दमनमै संलग्न सरकारको एकपक्षीय छानबिनले पीडितलाई न्याय दिन नसक्ने हुनाले स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन आयोगको गठन लगायत निम्न विषयहरू नेपाल सरकार समक्ष राप्रपा माग गर्दछ।

१) सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन

२)  छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन

३) मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था

४) राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवलसम्शेर राणा लगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ

५) घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था।

अध्यक्ष राजेन्द्र लिङ्देन