१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्षमा पुगे सरोज गुरागाईँ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् ।

महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरुले उनलाई कार्यालय प्रवेश गराएका हुन् ।

गुरागाईंलाई रोक्न मेयर बालेन शाहले कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरेका थिए । तर, जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका हुन् ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालयमा प्रवेश निषेध गरिएको थियो ।

मेयर साहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका थिए । जवाफमा मन्त्रालयले उनैलाई निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।