४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

हेलम्बु राजमार्गको पुनःनिर्माण सुस्त

हेलम्बु राजमार्गको पुनःनिर्माण सुस्त
अ+ अ-

काभ्रेपलाञ्चोक । आपत्कालीन भूकम्पीय सहायता योजना अन्र्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।

एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने उक्त पाँचखाल–मेलम्ची सडक एक वर्षको अवधिमा ३० प्रतिशत मात्रै काम सकिएको छ । सडक क्षेत्रका टेलिफोन तथा बिजुलीका पोल हटाउने काममा ढिलाइ हुनु तथा सडक दायाँबायाँका जग्गा अधिग्रहण, घर–टहरा भत्काउने विषयमा उत्पन्न विवादले सडक स्तरोन्नतिको काम ढिलाइ भएको योजनाका इञ्जिनीयर दिनेशकुमार महतोले बताउनुभयो ।
उहाँका अनुसार हाल सडक योजनाको जिरोकिलोदेखि मेलम्चीसम्मको करीब २३ किलोमिटर सडकमध्ये १६ किलोमिटरसम्म मात्रै स्तरोन्नतिको काम भएको छ । सडक स्तरोन्नतिअन्र्तगत काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक क्षेत्रको सडकमा पर्खाल लगाउने, नाली, कल्भर्ट बनाउने काम भइरहेको महतोले बताउनुभयो ।

उहाँका अनुसार जिरोकिलोदेखि कोदारीसम्म करीब आठ किलोमिटर सडकमा चार महीनाभित्र कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ । सडक योजनाअन्र्तगत सिन्धुपाल्चोकमा सडक छेउका करीब साढे दुई किलोमिटर सामुदायिक वन रहेको र उक्त क्षेत्रमा सडक बनाउने विषयमा पनि विवाद देखिएको छ । उक्त क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने देखिएकाले सडक स्तरोन्नतिको काम रोकिएको इञ्जिनीयर महतोले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत मङ्सिर २६ गते पाँचखाल–मेलम्ची सडक योजनाअन्र्तगत पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नगरपालिका क्षेत्रमा सडक रेखाङ्कनको सीमा क्षेत्रमा पर्ने ९मेलम्ची खानेपानी विकास समितिबाट अधिग्रहण भइसेकेका बाहेक०को जग्गा अधिग्रहण गर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।

मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले जग्गा अधिग्रहणका विषयमा आफूले सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सडकका लागि थप केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ ।” हेलम्बु राजमार्गअन्तर्गत पाँचखाल–मेलम्ची सडक पुनःनिर्माणका लागि करीब रु एक अर्ब बजेट विनियोजन भएको इञ्जिनीयर महतोले जानकारी दिनुभयो । योजनाको काम स्वछन्द–आशिष कन्ट्रक्सन कम्पनीले गरेको हो ।

इञ्जिनीयर महतोका अनुसार आगामी जेठ मसान्तभित्र योजनाको ८५ प्रतिशत कामसक्ने लक्ष्य लिइएको छ । यस राजमार्गमा हाल यात्रुबाहक सवारीसँगै दैनिक सयौँको सङ्ख्यामा टिपर गुड्ने गरेका छन् । रासस