४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरघरमा आम्दानीमूलक व्यवसाय



अ+ अ-


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीकी देवीकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका छोराको कमाइले परिवार चल्दैनथ्यो । उहाँको परिवारमा आम्दानीको बाटो पहिल्याउने कुनै मेसै थिएन ।

अहिले देवीकुमारीको जग्गा तरकारीले हराभरा बनेको छ । ४३ वर्षीया आचार्यको तीन रोपनी बढी जग्गामा टमाटर, बन्दा, काउली, लसुनलगायत विभिन्न जातका तरकारी फलेका छन् ।

‘‘गर्दा के नहुने रैछ र रु छ हजार लगानीमा शुरु गरेको व्यावसायिक तरकारी खेती मेरा लागि राम्रो आम्दानीको स्रोत बनेको छ’’ देवीकुमारीले भन्नुभयो । उहाँले नपत्याउँदो ढङ्गबाट त्यही तरकारीखेतीबाट मासिक रु १६÷१७ हजार आम्दानी लिनु भएको छ । देवीकुमारीले आम्दानी र खर्चको विवरणसमेत चुस्त राख्ने गर्नुभएको छ । यसो गर्दा खर्च घटाउन र आम्दानी बढाउन सकिने उहाँको अनुभव छ ।

देवीकुमारी जस्तै हाल सो वडाबाट वैदेशिक रोजगारीमा गएकाको सबै परिवारले आम्दानीको बाटो समाएका छन् । उनीहरुले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी बचत गर्न तथा वैदेशिक रोजगारीबाट आफन्तले कमाएको रकम बचाउन थालेका छन् ।

विदेशीले दुःख गरी कमाएको रकमको महत्व बुझी घरैमा पनि आम्दानी बढाउनुपर्ने त्यहाँका स्थानीयको बुझाइ छ । यो खालको बुझाइ वित्तीय साक्षरता कक्षाबाट प्राप्त भएको स्थानीय महिला सुनाउँछन् ।

वैदेशिक रोजगारीमा गएको परिवारका सदस्य अर्थात् विप्रेषण सञ्चालकलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आम्दानीमूलक व्यवसाय शुरु गर्ने जाँगर पलाएको उनीहरुको भनाइ छ ।

परिवार सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण र भोलिका दिनमा कसरी आर्थिकरुपले सम्पन्न बन्ने भन्ने विषयमा छलफल भएपछि उक्त टोलका स्थानीयले विभिन्न सहकारी तथा वित्तीय संस्थामा बचत बढाएर जीवन बीमासमेत गराएका छन् ।

बाल सेवा समाज नेपाल नेर्पा खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाले पूरै वडामा परिवर्तन आएको छ । सहभागीलाई टनेल, पाइप, हजारी, स्प्रिङकल र विभिन्न जातका तरकारीका बीउसमेत वितरण गरिएको छ । उक्त सामग्रीलाई उपयोगमा ल्याएपछि झनै आम्दानी बढाउन सकिएको सहभागी बताउँछन् ।

सुरक्षित आप्रवासन परियोजना ९सामी० अन्तर्गत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाबाट वित्तीय लक्ष्य निर्धारण हुनुका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उपायाका बारेमा समेत छलफल गर्ने गरिएको छ । उक्त कक्षाका सहभागीले सिकेका कुरालाई व्यावहारिक जीवनमा प्रयोग गरेकाले सफल बनेको वित्तीय साक्षरता सहजकर्ता मीनप्रसाद आचार्यले बताउनुभयो ।
रासस