४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयंसेवी शिक्षक गजेन्द्र राना सम्मानित



अ+ अ-

काठमाडौँ । ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर सुधार गर्न विगत पाँच वर्षदेखि स्वयंसेवी शिक्षकको रूपका कार्यरत गजेन्द्र राना ‘गजेन्द्र सर’ लाई स्वयम्भूस्थित दि एक्सेल्सियर स्कुलले नगद रु।५० हजार सहित सम्मान गरेको छ ।
‘गजेन्द्र सर’ नामले सुपरिचित रानाले सुर्खेतको गुर्भाकोट नगरपालिका १४, गुमीस्थित श्री जनसंयुक्त प्राथमिक विद्यालयमा विसं २०७१ देखि स्वयंसेवी रुपमा शिक्षण गरेको मात्र नभई उक्त विद्यालयलाई एक उत्कृष्ट गुणस्तरीय नमूनाको रुपमा विकास गर्नुभएको छ ।

ग्रामीण क्षेत्रको सरकारी विद्यालयमा स्वयंसेवक शिक्षकको रूपमा सेवा गरी विद्यालयको स्तरोन्नतिका लागि महत्वपूर्ण योगदान पुर्याए बापत उहाँलाई यस विद्यालयका कक्षा तीनका विद्यार्थीहरूद्वारा विद्यालयमा सञ्चालन गरिएको बजार क्रियाकलापबाट उठेको रकमबाट रु। रु पचास हजार नगदसहित सम्मान गरिएको हो ।

उक्त विद्यालयमा आज भएको एक कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राम बस्नेतले सम्मान पत्र प्रदान गर्नुभएको थियो भने कक्षा तीनका विद्यार्थीहरूले सामुहिक रुपमा सो रकमको चेक हस्तान्तरण गरेका थिए ।
शिक्षक रानाले पाँच वर्षदेखि सो सामुदायिक विद्यालयमा रही स्वयंसेवी रुपमा पठनपाठन गरी शिक्षाको गुणस्तर सुधार गर्नुभएको छ । रासस