२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह र कमल थापाबीच पोखरामा भेटवार्ता हुँदा……



अ+ अ-

काठमाण्डौं। पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाका अध्यक्ष कमल थापाले आज भेटेका छन् । पूर्व राजा र थापाबीच शुक्रबार अकस्मात भेटवार्ता भएको जनाइएको छ । केही दिन पहिलेदेखि पोखरामा निजि भ्रमणमका क्रममा रहेका शाह र एक कार्यक्रमको लागि भन्दै पोखरा पुगेका थापाबीच आज विहान ९ बजे भेट भएको हो ।

उहाँहरुबीच बिहान १ घन्टा भेटवार्ता भएको हो । पूर्वराजा शाह माउन्ट ग्लोरी रिसोर्टमा बसिरहेका छन । उनले राप्रपा अध्यक्ष थापासँग भेट गरेर राजनीतिक कुराकानी समेत गरेको स्रोतले बताएको छ । उनीहरूको बीचको भेटलाइ अर्थपूर्ण रूपमा लिइएको छ।

हाल नेपाली काँग्रेसको महासमिति बैठक चलिरहेका बेला हिन्दू धर्मको सिद्धान्त अवलम्बन गर्नुपर्ने विषयमा पनि कुरा चलिरहेको छ । यसै विषयलाई लिएर राप्रपाका नतो थापाले काँग्रेसलाई हिँर्द धर्म अवलम्बन गर्न आग्रह पनि गरेका थिए । उनले यदि काँग्रेसले हिन्दू धर्म अवलम्बन गर्यो भने राप्रपा र काँग्रेसबीच पार्टीमा सहकार्य हुन सक्ने बताएका थिए ।

दुई हप्ता अघि काठमाडौँमा एसिया प्यासिफिक सम्मेलनका नाममा क्रिश्चियन धर्म प्रचारको काम भएकोले अहिले हिन्दू धर्मको कुरा देशव्यापी रुपमा उठेको छ । त्यसैले राप्रपाले पनि हिन्दुराज्यको पक्षमा सडकमा उत्रिने बताउदै आएको छ ।