६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा विपद् पूर्वतयारी कार्यक्रमका लागि ९ करोड जापानी सहयोग



अ+ अ-

काठमाडौं – जापानले डोटी जिल्लाको एउटा नगरपालिका र दुईवटा गाउँपालिकाको सामुदायिक तथा विद्यालय विपद् पूर्वतयारीमा सुधार ल्याउन करिब नौ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

उक्त सहयोग सम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र वल्र्ड भिजन जापानका परियोजना व्यवस्थापक नाओमी काटोबीच जापानी राजदूतावासमा शुक्रबार आयोजित समारोहमा हस्ताक्षर भयो ।

नेपालस्थित जापानी राजदूतावासका अनुसार उक्त रकम जापानको आर्थिक वर्ष २०१८ को जापानी गैसस परियोजना कार्यक्रम अन्तर्गत प्राप्त अनुदान हो ।

परियोजनाबाट खासगरी सुरक्षित सिकाई वातावरणमा विद्यार्थीको पहुँच बढाउने, विद्यालय र समुदायमा विपद जोखिम व्यवस्थापन प्रणालीमा सुधार ल्याउने तथा सामाजिक जवाफदेहीता तथा पैरवी प्रयत्न मार्फत विद्यालय सुरक्षासम्बन्धी प्रणाली र नीतिमा सुधार ल्याइनेछ ।

जापानी राजदूतावासले उक्त सहयोगबाट नेपाल र जापानका जनताबीच जनस्तरको सम्बन्ध विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको काठमाडौंस्थित राजदूतावासले जनाएको छ ।