१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरका डान्स बार, रेष्टुराँ र सिनेमा हलबाट २८४ बालबालिकाको उद्धार



अ+ अ-

ललितपुरः नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ ।

‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र अपराध नियन्त्रण महाशाखाले हाल देशभर १९२ सामुदायिक केन्द्र स्थापना गरेको बताउनुभयो । कूल ७५३ स्थानीय तहमध्ये ७४३ सँग साझेदारी गरिएको उहाँको भनाइ छ । “हरेक व्यक्तिले प्रहरीलाई अपराध नियन्त्रण गर्न सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले समाजमा हत्या, हिंसा, सम्बन्धबिच्छेद, जबर्जस्ती करणीलगायत घटना बढ्दै गएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालका कारण बढेका हिंसाका घट्ना सम्बन्धी विवाद सुल्झाउँदै लगेको सुवेदी बताउनुहुन्छ ।

“अठार वर्षभन्दा कम उमेरका किशोरी जबर्जस्ती करणीको शिकार हुने गरेका छन्,” उहाँले भन्नुभयो ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीसँगै स्थानीय तह र विद्यालयले साझेदारी कार्यक्रा सञ्चालन गर्नु आवश्यक छ ।

प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले अभिमुखीकरण कार्यक्रममा “समाजका बढ्दै गएको साइबर, मानव बेचबिखन, यौन दुराचार, हिंसालगायत घटना नियन्त्रण गर्न सबैको प्रयास हुनुपर्छ” भन्नुभयो ।




भर्खरै