४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

नेकपा बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी, विष्णु रिमाललाई नारायणकाजीको प्रश्न– के तपाईँ परमेश्वरको प्रतिनिधि हो ?

नेकपा बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी,  विष्णु रिमाललाई नारायणकाजीको प्रश्न– के तपाईँ परमेश्वरको प्रतिनिधि हो ?
अ+ अ-


काठमाडौँ । नेकपाको जारी स्थायी समिति बैठक नेताहरूबीच आरोप–प्रत्यारोपमौ केन्द्रित छ । हिजोको बैठकमा पनि सरकार र पार्टीको नेतृत्वको आलोचना गर्ने क्रम जारी रहेको छ । शुक्रबारको बैठकमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कडा कटाक्ष गरेका छन् । उनले आपत्तिजनक रुपमा विष्णु रिमालको अभिव्यक्ति आएको भन्दै त्यसको कडा रुपमाा विरोध पनि गरेका छन् । उनले बैठकमा आफ्नो भनाई राख्ने क्रममा नै रिमाललाई बडो आक्रोषित रुपमाा प्रश्न गरेका छन्– के तपाई परमेश्वरको प्रतिनिधि हो ? नारायणकाजीले हालै भएको एसिया प्यासिफिक सम्मेलनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका सल्लाहकारलाई नै त्यसमा सक्रिय रुपमा सहभागी भएको आरोप लगाएका हुन् । त्यसैले उनले रिमाललाई परमेश्वरको प्रतिनिधि भएको टिप्पणी गरेका हुन् ।

बैठकमाा नारायणकाजीले भनेका थिए ‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भन्नुभो । त्यस्तो अभिव्यक्ति गलत छ,’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि हुँ भन्ने ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न । के तपाईंले आफूलाई त्यस्तै ठान्नुभएको हो ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन ।’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिएका थिए । श्रेष्ठले रिमालको वैचारिक स्तर र सोचमाथि नै प्रश्न उठाए । कम्युनिस्ट समाजवादीहरूले रूपान्तरणको दिशामा अघि बढ्न पहिला आत्मालोचनाबाट सुरु गर्दै, अरूको पनि आलोचना सुन्ने र परिमार्जनका लागि शुद्धीकरणको प्रक्रियामा जाने जनवाद अपनाएको भन्दै श्रेष्ठले बुर्जुवा, पुँजीपतिहरूले समेत आलोचना सुन्ने गरेको समेत बैठकमा प्रस्ट्याए । नेकपा बैठक जारी छ । बैठकमा पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डले जवाफ दिन बाँकी नै छ । (आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।)