४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

‘जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्छ’

‘जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्छ’
अ+ अ-

विराटनगर –

‘संरक्षित र सुरक्षित जलाधार, देशकै समृद्धिको आधार’ प्रमुख निष्कर्षका साथ ‘सङ्घीय संरचनामा कोशी बृहत् जलाधार व्यवस्थापनका प्रयास र सम्भावना’ विषयक कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

वन तथा भू–संरक्षण विभाग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रद्वारा आयोजित सो कार्यक्रममा स्थानीय तहका प्रतिनिधि तथा प्रमुख, प्रदेश मन्त्रालयका सचिव, सङ्घीय कार्यालयका प्रतिनिधि, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, डिभिजन सिँचाइ कार्यालय प्रमुख, कोशी बृहत् जलाधार व्यवस्थापन केन्द्रका प्रमुख एवं अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका विज्ञको कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा प्रादेशिक जलाधार नीति तथा रणनीतिक योजना निर्माण तथा कार्यान्वयन, स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच योजना पहिचान, प्राथमिकीकरण, बजेट विनियोजन, कोशी जलाधारसँग जोडिएका नदी सञ्जालको गुरुयोजना, क्षमता तथा सचेतना कार्यक्रम सञ्चालन, जलाधारभित्र वातावरणमैत्री, स्थानीय तहमा फोहर व्यवस्थापन र उपयुक्त वन सम्वद्र्धन पद्धति लागू गर्नुपर्ने कुरामा सहभागीले जोड दिएका छन् ।

बहुआयामिक कोशीको उच्चतम् प्रयोगमा जलयातायात, ऊर्जा र सिँचाइलाई पनि सहभागीले ठोसरुपमा आफ्ना धारणा राखेका थिए । वन, पर्यटन तथा उद्योग मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले कोशी नदीको उचित व्यवस्थापन गर्न विज्ञबाट आएका सुझावका आधारमा नीतिनियम र योजना बनाउन सजिलो हुने बताउनुभयो ।

वन तथा भू–सरंक्षण विभागका महानिर्देशक प्रेमप्रसाद पौडेलले कोशीको व्यवस्थापन गर्न सके देशको आर्थिक विकासमा धेरै बल पुग्ने विचार व्यक्त गर्नुभयो । जलाधार व्यवस्थापन केन्द्रका प्रमुख उद्धव घिमिरे, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका विज्ञ लक्ष्मी भट्ट, डिभिजन वन कार्यालय तेह्रथुमका प्रमुख सन्तमाया श्रेष्ठ र वन विज्ञ रेशमबहादुर डाँगीले कोशी नदीलाई समयमै व्यवस्थापन गर्नसके राष्ट्रले प्रशस्त लाभ लिनेमा जोड दिनुभयो ।

कोशीबाट अहिले पनि सुनसरी र मोरङमा करीब ६८ हजार हेक्टर जग्गामा सिँचाइ भइरहेको छ । कोशीको उच्च बाँध निर्माण भएमा ठूलो परिमाणमा ऊर्जा निकाल्न सकिने र पानीलाई एकीकृत गरी पानीजहाज चलाउन सकिने सम्भावना रहेको बताइएको छ ।

वन तथा भू–संरक्षण विभागद्वारा आयोजित कार्यक्रमकाे पहिलाे दिन सङ्घीय संरचनामा कोशी वृहत जलाधार व्यवस्थापनमा प्रयास र सम्भावना विषयक कार्यक्रममा सहभागीले जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन हुनु नै राष्ट्रका लागि फाइदाजनक हो बताएका छन् ।

प्रदेश नंं–१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बहुआयामिक कोशी जलाधारको उचित व्यवस्थापनले सिँचाइ र ऊर्जा क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सकिने बताउनुभयो ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले कोशी नदी नेपाल, भारत, चीन र बङ्गलादेशसँग जोडिएकाले यसबाट वृहत फाइदा लिन सकिने गरिएको योजना बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका भौतिक पूर्वाधार योजना सचिव सागरकुमार राई, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले जल, जमीन, वातावरण र विकासमा सन्तुलन कायम गर्न जलाधार क्षेत्रको उचित प्रयोग र व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

भोलिसम्म चल्ने सो कार्यक्रममा वन तथा भू–संरक्षण क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख, सिँचाइ कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुखको सहभागिता रहेको छ ।