१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोकमा विद्यालय बन्द



अ+ अ-

तुलसीपुर । सल्यान–तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आज एक दिनलाई शोकमा बन्द गरिएको छ ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाले आज विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै शोकमा एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो । आज यस क्षेत्रका निजी, सामुदायिक तथा प्राविधिक शिक्षालय बन्द भएका छन् । रासस