४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

कहिले हट्छ सार्वजनिक सम्पतीमाथिको गिद्धे नजर ?

कहिले हट्छ सार्वजनिक सम्पतीमाथिको गिद्धे नजर  ?
अ+ अ-

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा तथा सम्पत्ति मिच्नु तथा अतिक्रमण गर्नु सामाजिक अपराध भएको बताएका छन्।

अरनिको राजमार्ग सरसफाइ अभियानको दोस्रो चरणको समापन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सार्वजनिक जग्गाजमिन, सडक मिचेर र अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्ने अभियान अघि बढाउनुपर्ने बताएका हुन्।

प्रकृतिमाथि मानिसहरुको अतिक्रमण र थिचोमिचो बढ्दा प्रकृतिले पनि विभिन्न विपद् निम्त्याइरहेको उनको भनाइ थियो।

‘प्रकृतिमाथि मानिसहरुले अतिक्रमण र थिचोमिचो बढिरहेको छ। खोला मिचेर घर बनाइएका छन्। सडक मिचिएका छन्’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘प्रकृति र सार्वजनिक सम्पत्ति मिच्न पाइँदैन। यो सामाजिक अपराध हो। जसको परिणाम आफूले भोग्नुपर्छ। भोग्दै आएका छौं।’

उनले नगरपालिकाका जनप्रतिनिधिहरुलाई सार्वजनिक जग्गाजमिन र सम्पत्ति रक्षालाई प्राथमिकतामा राखेर कार्य गर्न समेत आह्वान गरे।

ऐनकानुन बनाएर दण्डसजायमात्रै गरेर सार्वजनिक सम्पत्तिमाथिको थिचोमिचो नहट्ने उनले स्पष्ट पारे।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले भक्तपुरका व्यवसायीहरुले सहयोग गरेको करिब २० लाख रुपैयाँबाट खरिद गरिएको विपद् उद्धार सामग्री यहाँका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई हस्तान्तरण गरेका थिए।

विपद् उद्धार सामग्रीहरुमा तीनवटा डुंगा, स्ट्रेचर पाँच थान, भर्‍याङ दुई थान, उड सर्कुलर स र रोटो रेस्क्यु स एकएक थान रहेका छन्। त्यस्तै बञ्चरो, साबेल, लाइभ ब्वाइरिङ र पिक २५/२५ थानसँगै रेस्क्यु पञ्जा, डोरीलगायत हस्तान्तरण गरिएको छ।

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अरनिको राजमार्ग सफाइको तेस्रो चरणको अभियानमा प्रत्येक बुधबार बिहान अरनिको राजमार्ग र शनिबार हनुमन्ते खोला सरसफाइ अभियान जारी राख्ने निर्णय भएको जानकारी दिए।

सरसफाइ अभियानलाई भक्तपुरका घरघर, बस्तीबस्ती र टोलटोल पुर्‍याइने उनको भनाइ थियो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सञ्चालन गरेको समापन कार्यक्रममा भक्तपुरका प्रदेश सांसदद्वय राजेन्द्रमान श्रेष्ठ र रजनी जोन्छेले सरसफाइ अभियानलाई सिंगो मानव संस्कार र संस्कृतिको रुपमा विकास गर्दै लानुपर्ने धारणा राखे।

उक्त कार्यक्रम मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाको संयोजनमा भएको थियो। शनिबार अरनिको राजमार्ग सफाइ अभियानको ३१ औं दिन पूरा भएको छ।

नेमकिपा र अन्य दल अनुपस्थित
कार्यक्रममा भक्तपुरको मुख्य दल नेपाल मजदुर किसान पार्टी र केन्द्रीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य दलहरु भने आधिकारिक रुपमा सहभागी भएनन्। कांग्रेसबाट प्रदेश सांसद रजनी जोन्छे सहभागी भए पनि पार्टीको तर्फबाट अरु कुनै प्रतिनिधि उपस्थित भएनन्।

त्यस्तै भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य जितेका नेमकिपाका प्रेम सुवाल तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सिर्जना सैंजू कार्यक्रममा सहभागी भएनन्। सांसदहरुमात्रै होइन जिल्ला तथा नगर तहका नेता तथा कार्यकर्तासमेत कार्यक्रममा सहभागी भएनन्।

मञ्चमा दलहरुको तर्फबाट नेकपाका जिल्ला संयोजक वचन देउजामात्रै उपस्थित थिए। नेमकिपाका जिल्ला संयोजक न्हुछेभक्त फोजू, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष रामशरण लामिछाने, मालेका जिल्ला सचिव अदिप खड्का कार्यक्रममा सहभागी भएनन्।

त्यस्तै भक्तपुरका चार नपामध्ये नेमकिपाले सतप्रतिशत नतिजा निकालेको भक्तपुर नपाका मेयर, उपमेयर तथा वडा अध्यक्ष एवं वडा सदस्यसमेत कार्यक्रममा उपस्थित भएनन्। नेकपाको तर्फबाट निर्वाचित मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नपाका मेयर, उपमेयर र वडा अध्यक्ष भने सहभागी भएका थिए।

कार्यक्रममा सत्तासीन नेकपाको तर्फ निर्वाचित संघीय संसद तथा प्रदेश सांसद र मेयर, उपमेयर तथा वडा अध्यक्षमात्रै उपस्थित भएको देखिएपछि कार्यक्रमलाई सरकारी कार्यक्रमको संज्ञा दिइएको थियो। समाचार अन्नपूर्ण पोष्टमा छ ।