२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक बिदाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल र्याली निकालेको छ ।

बिजुली बजारदेखि शुरु भएको उक्त र्याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो । मानवअधिकारकर्मी कपिल श्रेष्ठले ¥यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सहअस्तित्वलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष सिबी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा त्यसको प्रचारप्रसारका लागि ¥याली गरिएको बताउनुभयो । उहाँले सरकारले वर्षमा एक दिन सो समुदायलाई सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभयो ।

दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ । उक्त र्यालीमा करीब दर्जनौ को सहभागिता थियो ।