२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा विद्युतीय सूचना पार्टी



अ+ अ-

चितवन । पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी ९डिजिटल इन्फर्मेशन बोर्ड० निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको हो ।

सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार बोर्डको रु १० लाख र सङ्घको रु तीन लाख गरी रु १३ लाख लागतमा अत्याधुनिक सूचना पार्टी निर्माण गरिएको हो । सौराहाको हात्ती चोकमा बोर्ड राखिएको छ । यही पुस ११ गतेबाट शुरु हुने महोत्सवको समयमा बोर्डको उद्घाटन गरिने घिमिरेले जानकारी दिनुभयो । बोर्डमा सौराहा क्षेत्रको पर्यटकीय ठाउँहरू, निकटका पर्यटकीय गन्तव्यहरू, पर्यटकीय क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क, पुग्ने समय, दूरी, ट्राफिक नियमलगायत महत्वपूर्ण सूचनाहरू राखिनेछ ।

सोही बोर्डमा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सन्देश र पर्यटकीय गन्तव्यलाई सरसफाइ राख्नका लागि सार्वजनिक सन्देश पनि राखिने छ । बोर्डलाई सोही ठाउँमा नियन्त्रण कक्ष निर्माण गरी आवश्यकताअनुसार सन्देशहरू प्रवाह गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न बर्षेनी दई लाख हाराहारी पर्यटक आउने गर्दछन् । रासस