६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा शौचालय समस्या हट्यो



अ+ अ-

 

बझाङ । रामपुर नगरपालिका–२ मा रहेको कालिका प्राथमिक विद्यालयमा शौचालयको समस्या हटेको छ ।

शौचालयको अभावमा झाडी र खोला किनारमा शौच गर्न बाध्य यहाँका शिक्षक, विद्यार्थीलाई अब झाडी, खोलाका किनार खोज्दै जाने समस्या सदाका लागि हटेको छ । वडा नं २ को कार्यालयद्वारा शौचालय निर्माण गरी अहिले प्रयोगमा ल्याइएको वडाध्यक्ष ताराबहादुर थापाले बताउनुभयो ।
वडा कार्यालय र विद्यालय नजीकै भएकै कारण पनि संयुक्तरुपमा शौचालय चालू गरिएको छ । सञ्चारमाध्यमलगायत धेरै ठाउँबाट शौचालय बनाउन दबाब परे पनि विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा केही समयमा लागि वडा कार्यालयले निर्माण गरेको शौचालय प्रयोग गर्ने सहमति भएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

विद्यालय बाँसको टहरामा सञ्चालन भइरहेको छ । भवनसमेत अभाव रहेको सो विद्यालयको भवन निर्माणतर्फ सहयोग गर्न शिक्षा शाखाले नगरपालिकासँग पहल गरिरहेको नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । उहाँले यसै वर्षभित्र जसरी भए पनि भवन निर्माणको व्यवस्था गरिने जानकारी दिनुभयो । उक्त विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा नर्सरीदेखि ५ कक्षासम्म पठनपाठन हुँदै आइरहेको छ । रासस