२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षाकोठा अभावमा विद्यार्थी चौरमा



अ+ अ-


बाजुरा । कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् ।

बूढीगङ्गा नगरपालिका–१० मा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवनसँगै बस्ने बेञ्च डेस्कको पनि अभाव रहेको छ । पुसको चिसोमा पनि खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यताका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चारवटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताउनुभयो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भगवती माविको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा रहेका त्रिवेणी नगरपालिका–३ पूर्वूताका ठेकेदार खडक भण्डारी हाल भारतमा गएर बसेका छन् ।

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको त्यहाँका स्थानीयवासी पारस रावलले बताउनुभएको छ । कामदार देखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म भवन नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको थियो । रासस