२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिकी परिवर्तनसँगै मधुमेहका रोगी बढ्दै



अ+ अ-

 

काठमाडौँ । मानिसको दैनिकीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको चिकित्सकले औँल्याएका छन् ।

विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको उहाँहरुले जनाएका छन् ।

डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसिएशन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा मधुमेह रोगसम्बन्धी आज यहाँ आयोजित ‘मधुमेह रोग’सम्बन्धी छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गर्नुभयो ।

मधुमेह रोग विज्ञ डा ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको, मधुमेह नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्यासमेत वृद्धि भइराखेको चर्चा गर्दै मधुमेह रोगका बारेमा जनचेना कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो ।

एशोसिएशनका अध्यक्ष डा दीना श्रेष्ठले मधुमेह रोग नियन्त्रण गर्न विभिन्न किसिमका औषधि उपलब्ध रहेको जानकारी दिँदै चिकित्सकको उचित सल्लाहले मात्र अ‍ैषधिको प्रयोग गर्न सुझाव दिनुभयो । रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्नेमा उहाँको जोड छ । डा श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय भएको उल्लेख गर्नुभयो ।

अर्का मधुमेह रोग विज्ञ डा अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धुम्रपान तथा मदिरापान सेवन नगर्नाले मधुमेह रोगको जोखिम कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय मधुमेह रोग नियन्त्रणका लागि एम्पाग्लिफ्लोजिन अति प्रभावकारी देखिएको छ ।” छलफलमा मधुमेहको उपचारका लागि उपलब्ध रहेको अत्याधुनिक औषधिमध्ये एम्पाग्लिफ्लोजिनको प्रयोग र यसको प्रभाव बारेमा समेत छलफल गरिएको थियो । रासस