२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौँ ढाकाटोपी दिवस भव्य रुपमा मनाइने



अ+ अ-


काठमाडौँ । जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ ।

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी ९ढाका टोपी, भादगाउँले टोपी०लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

विश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौँं । त्यसका लागि हामीले विगत पाँच वर्षदेखि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको कुरा अवगत नै छ”– विज्ञप्तिमा भनिएको छ ।

प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने गरिँदै आएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न अभियानले माग गरेको छ ।

यसवर्ष पनि जनबरी १ पुष १७ का दिन बिहान ८ बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम आयोजना गरिने छ । रासस