६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीको उपाधिहोड समाप्त



अ+ अ-


काठमाडौं । जारी शहीद स्मारक ए डिभिजन लिगबाट नेपाल आर्मीको उपाधिहोड समाप्त भएको छ । आइतबार भएको खेलमा अर्का विभागीय टिम एपीएफ क्लबसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

१० औं राउण्डको खेल सकिदा बिभागिय टिम आर्मीको १८ अंक छ । भने लिग लिडर मनाङको ९ खेलबाट २७ अंक जोडेको छ । १० खेल खेलेका थ्रीस्टारको २५ र संकटाको २३ अंक छ । आर्मीले लिग जित्ने गणीतीय सम्भावनामात्रै बाँकी छ । अब आर्मीको तीन खेल खेल्न मात्रै बाँकी छ ।

पहिलो हाफमा बराबरी खेलेको आर्मीले खेलको ५६औं मिनेटमा गोल खान पुगेको थियो । एपीएफका आशिष लामाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा आशिषले अर्को गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।

तर खेलको ८६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २–१ गोलको स्थितिमा पुर्याए पनि आर्मीलाई जितको लागि प्रयाप्त भएन ।