१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्धर्व सङ्ग्रहालयको उद्घाटन



अ+ अ-

लेखनाथ । कास्कीको पोखरा– १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको छ ।

सोको उद्घाटन गर्दै उहाँले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले गन्धर्व नेपाली कला र संस्कृतिका धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विसं २०७१ मा निर्माण शुरु गरिएको सङ्ग्रहालय भवन रु १७ लाखको लागतमा गत असार मसान्तमा निर्माणकार्य सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिनुभयो । सङ्ग्रहालयको शुरुवातसँगसँगै त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयवासीले गरेका छन् । सङ्ग्रहालयमा गन्धर्वका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजा लगायतका पुराना बाजा र गन्धर्वसँग सम्बन्धित पुस्तक राखिएका छन् । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा पर्यटकीय रुपमा मात्र नभइ कला र संस्कृतिमा पनि धनी रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सो कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचार्य, स्व झलकमान गन्धर्व सालिक निर्माण समितिका अध्यक्ष ताराप्रसाद तिमिल्सिना, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष भोजबहादुर गायक, सल्लाहकार भीमबहादुर गायक, उपाध्यक्ष दिनेश गायक लगायतले पर्यटन वर्षलाई सफल बनाउन कला र संस्कृतिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । रासस