६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पटक पटक रेफ्रि बिबाद, मिलोमहतो की यस्तै हो फुटबल खेल ?



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको करिब- करिब मैझारो हुन लाग्दा नेपालका रेफ्रीहरुको क्षमतामाथि प्रश्न उठेको छ । थुप्रै खेलमा रेफ्री निर्णय विवादमा परिरहेका छन् ।

कुनै पनि खेलमा अन्तिम निर्णय लिने अधिकार रेफ्रीहरुलाई हुन्छ । उसले लिएको एउटै गलत निर्णयले खेलको नतिजालाई प्रभावित पार्न सक्छ । त्यसैले यो अत्यधिक सम्वेदनशील एवम् गहन भूमिका हो । तर, जारी लिगमा रेफ्रीहरु आफ्नो भूमिकामा खरो उत्रिन नसकेको आरोप खेलाडी र प्रशिक्षकहरुले लगाइरहेका छन् ।
प्रश्न उठ्छ, के साँच्चै नेपालका रेफ्रीहरु असक्षम नै छन् त ?

अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधर यसमा सहमत छैनन् । उनी दावी गर्छन्, ‘हामीसँग अन्तर्राष्ट्रियस्तरकै रेफ्री छन् । दक्षिण एसियामै नेपालका रेफ्रीहरुको स्तर राम्रो छ । उनीहरुमा कुनै शंका गर्नु पर्ने ठाउँ नै देख्दिन म ।’

उनले यसो भने पनि ए डिभिजन लिग फुटबलमा खेल खेलाउँदै आएका रेफ्रीहरु किन एकपछि अर्को विवादमा परिरहेका छन् त रु

पहिलो गाँसमै ढुंगा

असोज १३ गते ए डिभिजन लिगको पहिलो दिन । उद्घाटन खेलमा विभागीय टिम आर्मी क्लब र न्युरोड टिम ९एनआरटी० बीच प्रतिस्पर्धा हुँदै थियो । यो खेलमा एनआरटीले अनपेक्षित प्रदर्शन गर्दै ९० मिनेटको समयसम्म २-१ गोलले अग्रता लिएको थियो ।

आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै सनसनीपूर्ण जितको तरखरमा थियो एनआरटी । तर थप गरिएको अतिरिक्त समय सकिन लाग्दा एनआरटीले गोल खायो । किपरले ६ सेकेन्ड भन्दा बढी बल होल्ड गरेको भन्दै रेफ्रीहरु सुदिस पाण्डेले थ्रीस्टारलाई डिबक्सबाहिर फ्रिकिक दिएका थिए । उक्त फ्रिकिकमा सन्तोष तामाङले गोल गरे । खेल २-२ गोलको बराबरीमा टुंगियो ।

तर विवादमा परे रेफ्री सुदिस पाण्डे । फ्रिकक दिने पाण्डेको निर्णय गलत भएको भन्दै एनआरटीका प्रशिक्षक मात्रै हैन पदाधिकारी पनि उनीमाथि खनिए । एनआरटीले उजुरी नै गरेपछि एन्फाले सुदिसलाई आन्तरिक कारवाही गर्दै पहिलो राउण्डको १४औं खेलसम्म प्रतिबन्ध लगायो ।

त्यो घटनाबारे लिग समितिका निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘फ्रिकिकमा गोल नभएको भए विवाद हुँदैन थियो । गोल भएपछि रेफ्रीको गल्ती देखियो ।’

त्यसोभए एन्फाले रेफ्री सुदिसमाथि कारबाही किन गर्‍यो त रु यो प्रश्नमा एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, ‘प्राविधिकरुपमा त्यो खेलमा रेफ्रीबाट केही कमजोरी भएको विश्लेषण गरियो । त्यसैले उहाँलाई पहिलो राउण्ड खेलाउन नदिने निर्णय भएको हो ।’

सुदिस फेरि विवादमा

मनाङ मर्स्याङ्दी र थ्री स्टारको खेलमा रेफ्रीसँग विवाद गर्दै खेलाडी । अनलाइनखबर फाइल ।
थ्रीस्टार र मनाङ नेपाली घरेलु फुटबल प्रतियोगिताको कट्टर प्रतिद्वन्द्वी टिम हुन् । यी दुई टिम आमनेसामने हुँदा दर्शक पनि निकै तरंगित हुन्छन् ।

यी दुई टिमबीचको खेल खेलाउन पनि सुदिस आए । पहिलो खेलमा नै विवादस्पद निर्णय गरेको भन्दै एन्फाबाट १४औं खेलसम्म कारबाहीमा परेका १६औं खेल खेलाउने क्रममा पनि विवादमा परे । मनाङले थ्रीस्टारलाई २-१ गोलअन्तरले पराजित गरेको खेलमा रेफ्रीको निर्णयप्रति दुबै टिमका प्रशिक्षक र खेलाडी सन्तुष्ट देखिएनन् ।

खेल सकिएपछि पोस्ट म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक रेफ्रीमाथि खनिए । मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘रेफ्रीहरुले सही निर्णय गर्न सकेनन् । नदिनुपर्ने पेनाल्टी दिए । रेफ्रीको गल्तीको कारण नै हाम्रा खेलाडी आवेगमा आएका हुन् ।’

यता, थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पनि रेफ्रीप्रति सन्तुष्ट थिएनन् । उनले भने, ‘अजयी मार्टिन्सलाई डिबक्सभित्र पछाडिबाट त्यत्रो फल गर्दा सिधै पेनाल्टी दिनुपथ्र्यो । उनले सही निर्णय लिन सकेनन् ।’

रेफ्री कति जिम्मेवार ?

ललितपरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मनाङले च्यासल युथ क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो । तर मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने रेफ्रीले गम्भिर गल्ति गरेको आरोप लगाए । यो खेलमा रेफ्री थिए, प्रकाश श्रेष्ठ ।

प्रशिक्षक श्रेष्ठले भने, ‘ओलावालेले कार्ड खाने अवस्था नै थिएन । तर किन दिइयो रु रेफ्रीहरुले किन गलत गरिरहेका छन् रु जानाजान पो हो कि रु स्पष्ट पेनाल्टी हुँदा पनि दिइादैन । आखिर उनीहरुको समस्या चाहिँ के हो रु’

आफ्नो खेलाडीलाई कार्ड दिादै अर्को खेलका लागि अयोग्य बनाउने ठूलो चलखेल भएको उनको दाबी थियो । ‘आज हामीले जित्यौ, ठिक छ तर, आगामी खेलको लागि निकै गाह्रो भयो नि त । चलखेल भन्नाले पैसाकै भन्ने मात्र हुदैन । तीन(चार वटा खेलदेखि मैले विचार गर्दै छु, पक्कै भित्र केही गडबड छ भन्ने लाग्न थालेको छ,’ मनाङका प्रशिक्षक श्रेष्ठको आरोप थियो ।

विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिस क्लबबीचको खेलमा पनि विवादमा रेफ्री तानिए । पुलिसमाथि आर्मीले १-० को संघर्षपूर्ण जित निकाल्दा दुबै प्रशिक्षक रेफ्रीमाथि खनिएका थिए ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भनेका थिए, ‘विनाकारण कार्ड दिएर रेफ्रीले गलत निर्णय लिए ।’

हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले पनि दोष रेफ्रीलाई नै दिएका थिए । उनले भनेका थिए, ‘रेफ्रीको निर्णय ठिक भएन ।’

प्रशिक्षक र खेलाडीले प्रश्न उठाइरहँदा एन्फाले भने नेपालमा दक्षिण एसियाकै उत्कृष्ट रेफ्री रहेको बताउँदै आएको छ । महासचिव तुलाधर भन्छन्, ‘हामीले गल्ती गरेको रेफ्रीलाई कारबाही पनि गरिरहेका छौं । अन्यत्र जे प्रचलनमा छ त्यो गरिरहेका छौ । रेफ्रीको विवाद त संसार भरी नै आइरहन्छ । हामीले सबै परिक्षण गरेपछि मात्रै रेफ्री नियुक्त गरेका हौं । सबै रेफ्रीहरु सक्षम छन् ।’

त्यसो त, रेफ्री पनि मानिस नै हुन् र उनीहरुबाट मानवीय त्रुटी हुन सक्छन् । उनीहरु निश्चित नियममा बाँधिएर बसेका हुन्छन् । आफूहरुमाथि पनि अर्को निकाय भएकाले जानजान उनीहरु गल्ति गर्न पक्कै चाहँदैनन् ।

पूर्व फिफा रेफ्री लव खत्री भन्छन्, ‘प्रशिक्षकहरुले बारम्बर भन्ने गरेका छन्, रेफ्रीले डुबायो । आफ्नो खेलाडीले गोल हान्न सकेन भनेर भन्दैनन् । सजिलो उम्किने उपाय भनेकै रेफ्रीलाई दोष दिनु हो ।’

आफ्ना खेलाडीले के र कस्ता ब्यबहार देखाए भन्नेतर्फ प्रशिक्षकको ध्यान नहुने उनी बताउँछन् । ‘रेफ्रीले कार्ड दियो भने पनि विवाद हुन्छ नदिए पनि । रेफ्रीले कुनै कारण नभई कार्ड दिएको हुदैन’, पूर्व फिफा रेफ्री खत्री भन्छन् ।

रेफ्रीको आलोचना गर्न मिल्छ र ?

रेफ्रीमाथि यसरी जथाभावि प्रशिक्षक तथा क्लबका पदाधिकारीले आरोप लगाईरहँदा एन्फा भने मौन छ ।

यो प्रश्नप्रति एन्फाका महासचिव तुलाधर भन्छन्, ‘उहाँहरुले जति कमेन्ट गर्नु भएको छ, त्यसको बारेमा हामी भिडियो रिप्लेहरु हेर्दै आइरहेका छौ । त्यसको विश्लेषण गर्ने गरेका छौं । प्रशिक्षकहरुले पनि सिमा नाघेको छ भने हामी कारबाही गर्छौ ।’

पूर्व फिफा रेफ्री लव खत्री भन्छन्, ‘मैदानको कुनै एक छेउमा के घटना भएको छ त्यो सबै कुरा प्रशिक्षकले देख्दैनन् । हात हालेको त देखिएला रे, तर बोलेको सुनिदैन । त्यहाँ सुन्ने भनेको त निष्पक्षरुपमा बसेको रेफ्रीले हो ।’

एन्फाले यस्तो आरोपप्रत्यारोपलाई रोक्नुपर्ने खत्रीको भनाइ छ ।

उनी थप्छन्, ‘अरु देशको लिग तथा फुटबलमा रेफ्रीको यसरी खुल्ला आलोचना भएको पाईंदैन । एन्फाले जे पनि बोल्नका लागि छुट दिएकाले प्रशिक्षक उग्र भएका हुन् ।’

यता, लिग कमिटीका निर्देशक मिश्र प्रशिक्षकहरुमा व्यवसायिकता नभएको बताउँछन् । रेफ्रीमाथि यस्तो आरोप प्रशिक्षकमा दक्षताको कमिले भएको उनको ठ्म्याई छ । उनी भन्छन्, ‘मनाङविरुद्धको खेलमा च्यासलले रेफ्रीले अफ साइड गोल थियो तर दिएन त्यसकारण हामी हार्‍यौं भन्यो । मनाङका प्रशिक्षकले हामीविरुद्ध सबै रेफ्री लागेका छन् भन्यो । यहाँ रेफ्रीले कसको पक्षमा खेलायो उल्टो च्यासलले रिपोर्ट दिइरहेको छ । मनाङको प्रशिक्षक भने रेफ्रीले चलखेल गर्‍यो भन्छ ।’

लिग कमिटी निर्देशक मिश्रले रेफ्रीप्रति त्यस्तो अभिव्यक्ति दिने प्रशिक्षकलाई कारबाही गर्ने चेतवानी पनि दिएका छन् । उनले भने ‘मैले टिमलाई भनिसकेको पनि छु कि, आगामी खेलमा आपतिजनक अभिब्यक्ति भयो कारबाही गर्छौ ।’

यी हुन् ए डिभिजन लिगका रेफ्री

शहीद स्मारक ए डिभिजन लिग खेलाउने कुल रेफ्री २० जना छन् । जसमध्ये आठ जना म्याच रेफ्री हुन् भने बााकी सहायक रेफ्री ।

सुदिस पाण्डे, श्याम दनुवार, कविन व्यञ्जनकार, नविन्द्र महर्जन, प्रकाश श्रेष्ठ, रोजेन्द्र खड्गी, श्रवण लामा र प्रज्वल श्रेत्रीले ए डिभिजन लिगका खेल खेलाउँदै आएका

छन् भने विवादमा पनि यीनै तानिएका छन् ।

त्यस्तै, असिस्टेन्ट रेफ्रीमा रोजेन श्रेष्ठ, युनाल मल्ल, पदमबहादुर भुजेल, किसन यादव, शुक्र तामाङ, प्रकाश भुजेल, विक्रम चौधरी, रमेश चौधरी, सहदेव श्रेष्ठ, नानिराम थापा, प्रजेश अमात्य र माधव खत्री रहेका छन् ।

अहिले नेपालमा चार जना मात्र फिफाबाट मान्यताप्राप्त रेफ्री छन् । फिफाले नेपाललाई रेफ्रीको लागि चार जनाकै कोटा दिएको थियो । त्यस्तै, ६ जना फिफा एसिस्टेन्ट रेफ्री रहेका छन् । नेपालका फिफा रेफ्रीहरु सुदिस पाण्डे, श्रवण लामा, कविन व्यञ्जनकार र नविन्द्र महर्जन हुन् । बाँकी रेफ्रीहरु ‘ए’ लाइसेन्स प्राप्त हुन् ।

नेपालमा रेफ्रीको अवस्था नाजुक नै छ । पूर्व फिफा रेफ्री खत्रीका अनुसार फिफा रेफ्रीले मासिक रुपमा ६ हजारसहित भत्ता पाउँछन् । तर अन्य रेफ्रीले भने खेल हुादा पाउने भत्तामै निर्भर हुनुपर्छ ।

घरेलु संरचना, अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रदर्शन र मैत्रीपूर्ण खेललाई हेरेर फिफाले रेफ्रीको कोटा निर्धारण गर्ने हो । खेललाई विवादरहित र स्तरीय बनाउने हो भने रेफ्रीको स्तर र कोटा पनि बढाउन आवश्यक छ ।

यसबारे एन्फाका महासचिव तुलाधर भन्छन्, ‘फिफा रेफ्रीको कोटा बढाउन हामीले फिफासँग पत्राचार पनि गर्‍यौं । फिफा अध्यक्षदेखि महासचिवसम्मलाई हामीले कुरा राखेका छौं । यता, एएफसीमा पनि हामीले यो विषय उठाएका छौ । हाम्रो जति कार्यक्रम छ त्यही अनुसारले रेफ्रीको संख्या निर्धारण हुन्छ भन्नु भएको छ ।’ अनलाईन
खबरबाट साभार