२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ



अ+ अ-

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति ९रासस० द्वारा आज आयोजित ‘प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’को आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले रचनात्मकरूपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारसम्बन्धी हेर्ने मन्त्रालयका मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले कर्णाली रेडियो, टेलिभजन सञ्चालन गर्ने जानकारी दिँदै सरकारले रासस र नेपाल पत्रकार महासङ्घसँग मिलेर काम गर्ने स्पष्ट गर्नुभयो ।

उद्घाटन समारोहमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढ गर्न राससलाई समायानुकूल विकास गरिने बताउनुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै निकट भविष्यमा सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारलाई समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजी रिर्पोटिङ विषयमा प्रशिक्षण सञ्चालन गरिने रासस कर्णाली प्रदेशका संयोजक शुरबहादुर सिंहले जानकारी दिनुभयो ।

त्यस्तै प्रशिक्षणमा समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र स्रोत तथा संसदीय रिर्पोटिङ, फोटो पत्रकारिता र प्रदेश सञ्चार नीति तथा सूचनाको हकसम्बन्धी प्रशिक्षण दिइने संयोजक सिंहले जानकारी दिनुभयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कर्णाली प्रदेश पहिलो हो ।

उद्घाटन समारोहमा रासस सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापालगायतको सहभागिता छ । रासस