२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताल पुनः भरणले पर्यटक आर्कषण बढ्दै



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गत आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनः भरण गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।
संरक्षण अभावमा पुरिँदै गएका तालमा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिसँग सहकार्य गरी सरसफाइ पछि जल पुनःभरण गरिएको छ । जल पुनःभरण पछि सो क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् । नगर प्रमुख सुरेन्द्र विष्टले बाराकुण्डालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

बाराकुण्डा क्षेत्रका १२ वटा तालसम्म पर्यटकलाई सहज रुपमा पुग्न र धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले रौटेलादेखि ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटन मार्गसमेत निर्माण गरेको छ । सो १८ मिटर चौँडा मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीयस्थल एक आपसमा जोडिएका छन् ।

ताल अवलोकनका लागि पुगेका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले बाराकुण्डामा ताल पुनःभरण गरी ऐतिहासिक धार्मिक साँस्कृतिक सम्पदा संरक्षणका राम्रो कार्य भएको उल्लेख गर्दै आगामी दिनलाई यसलाई थप पूर्वाधार निर्माणका कार्य गरी आकर्षक बनाउनुपर्ने बताउनुभएको छ । तालको प्रचारप्रसारमा जोड दिइए पर्यटक बढाउन सकिने पत्रकार रनि विवसले बताउनुभयो । बाराकुण्ड क्षेत्र ऋषिमुनिको प्राचीन तपोभूमिका रुपमा रहेको बुढापाकाको भनाइ रहेको छ । रासस