३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार वृद्धि



अ+ अ-

धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ३१ बिन्दुले वृद्धि भई २५५ दशमलब ३८ पुगेको छ । कूल १६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर रु ८७ करोड ५५ लाख ७२ हजार ७६३ मूल्यमा खरीद–बिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोवार भएका उपसमूहमध्ये उत्पादनबाहेक सबै उपसमूहका शेयर बढेका हुन् । उत्पादन छ दशमलब ०५ बिन्दुले घटेको बजारमा निर्जीवन बीमा सबैभन्दा बढी ३१८ दशमलब ०२ले बढेको छ । बैंकिङ २४ दशमलब ९२, होटल ६३ दशमलब ९२, विकास बैंक २८ दशमलब ६४, जलविद्युत् २६ दशमलब १६, वित्त चार दशमलब ९३, अन्य १७ दशमलब २९ लघुवित्त ६३ दशमलब ७५ र जीवन बीमा २४७ दशमलब ३३ ले बढेको छ ।

यसैगरी आइएमई जनरल इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, कालिका लघुवित्त वित्तीय संस्था, गुँरास लाइफ इन्सुरेन्स, ओम्नी माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स र ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् ।

यस्तै कैलाश विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर रैराङ हाइड्रोपावर डेभलेपमन्ट कम्पनी, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, बरुण हाइड्रोपावर र कन्काई विकास बैंकका शेयरधनीले गुमाएका छन् । रासस