१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा राम्रो कामका लागि पठाइदिन्छु भन्नेलाई जेल पठाईयो



अ+ अ-

बिर्तामोड । टर्कीमा राम्रो कामका लागि पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना प्रकाउ परेका छन् । आफू कम्पास कोचिङ कल्टी इन्फर्मेसन सेन्टर नामक अफिसको प्रबन्धक निर्देशक हुँ भन्दै ठगि गर्ने इलाम माइजोगमई गाउँपालिका १  का रनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रर्णमा लिएको हो ।

झापासहित विभिन्न जिल्लाका ६१ जना युवायुवतीबाट एक करोड पन्ध्र लाख रुपैयाँ ठगि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला पहरी कार्यलयले जनाएको छ ।

ठगिमा अन्य व्यक्तिको पनि संलग्नता रहेकाले थप अनुशन्धान प्रकिया अगाडि बढाईएको छ । गुरुङसहितका केही व्याक्तिले झापाको बिर्तामोड नगरपालिका– ५ मा कार्यालय खोली अबैधरुपमा टर्की, दक्षिण कोरिया, पोल्याण्ड र फ्रान्स समेतका देशबाट कामदारको माग भइ आएको छ, जाने चाहनेलाई हामी पठाई दिन्छौं भन्दै ठगि गर्दै आईरहेका थिए ।