१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०६३ को राजनीतिक परिवर्तनबारे एमालेले गम्भीर समीक्षा गरोस् : कमल थापा



अ+ अ-

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष कमल थापाले २०६३ सालको राजनीतिक परिवर्तनबारे गम्भीर समीक्षा गर्न नेकपा एमालेलाई आग्रह गर्नुभएको छ ।

चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले २०६३ सालको राजनीतिक परिवर्तनपश्चात दिगो शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल नभएको भन्दै एमालेका महाधिवेशन प्रतिनिधिलाई राजनीतिक परिवर्तनको उद्देश्यबारे गम्भीर छलफल गरी साहसिक निर्णय लिन आग्रह गर्नुभयो । 

राप्रपा अध्यक्ष थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेर नेपाली जनतालाई गुन लगाउनुभएको बताउनुभयो ।

उहाँले मधेशमा भएको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द समूहको माओवादी आन्दोलनलाई स्थगित गर्न लगाएर शान्तिपूर्ण राजनीतिमा आउन प्रेरित गरेकामा ओलीको प्रशंसा गर्नुभयो ।