१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुका कारण नै कार्यपालीका , न्यायपालीका र व्यवस्थापिकामा रमिता भयो: चित्रबहादुर केसी



अ+ अ-

चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एकले अर्को दललाई खुइल्याउने काम भएकाले बाह्य शक्तिले  चलखेल गरेको बताउनु भएको छ ।  चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले भन्नुभयो ‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने , बाह्य शक्तिले त त्यही खोजरिहेको नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्छ ।’

अध्यक्ष केसीले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले सबभन्दा बढी तितोपिरो कम्युनिस्ट आन्दोलनमा छ, हाम्रो अन्तरविरोध बाह्य शक्ति, बाम आन्दोलन विरोधी शक्तिलाई सुनाएर औकात देखाउन खोज्छौं, यसरी हुँदैन’ । नेता केसीले मुलुकको अहिलेको अवस्थाका कारण निराशा बढिरहेको बताउनुभयो ।‘

उहाँले भन्नुभयो हामीले नेपालमा गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता स्थापना ग¥यौँ, हामी पटक पटक चुनावमा पनि गयौँ । अहिले मुलुक जसरी अगाडि बढ्नुपर्ने थियो त्यसरी गइरहेको छैन । संसद् अस्तव्यस्त छ । कार्यपालिका भित्र पनि राम्रो वातावरण छैन । न्यायपालिका भित्र पनि राम्रो स्थिति छैन  निराशा छ । उही मैले भनेजस्तै वारीकाले पारीकालाई कालीपारी र पारीकाले वारीकालाई कालीपारी भनेजस्तै राजनीतिक पार्टीहरू एउटाले अर्कोलाई दोष लगाइरहेका छौँ । यो हाम्रो कारणले भएको हो भनेर हामी राजनीतिक पार्टीहरूले जिम्मा लिन सक्नुपर्छ ।’