५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित



अ+ अ-

काठमाडौँ : अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठ  सम्मानित हुनु भएको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले अभियानकर्मी भूमिकालाई बधाइ दिँदै ट्वीटमा लेख्नु भएको छ , 'नेपालमा एलजीबीटीक्यूआई समुदायप्रतिको समर्पणका लागि विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई बधाइ दिन पाउँदा म रोमान्चित छु ।'

अमेरिकी दूतावासले लेखेको छ, 'एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि यस वर्ष अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित हुनुभएकी नेपाली अभियन्ता भूमिका श्रेष्ठलाई धेरै-धेरै बधाइ ।'-

 

सन् २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले पनि अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउनु भएको थियो ।