१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित



अ+ अ-

काठमाडौँ : अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठ  सम्मानित हुनु भएको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले अभियानकर्मी भूमिकालाई बधाइ दिँदै ट्वीटमा लेख्नु भएको छ , 'नेपालमा एलजीबीटीक्यूआई समुदायप्रतिको समर्पणका लागि विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई बधाइ दिन पाउँदा म रोमान्चित छु ।'

अमेरिकी दूतावासले लेखेको छ, 'एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि यस वर्ष अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित हुनुभएकी नेपाली अभियन्ता भूमिका श्रेष्ठलाई धेरै-धेरै बधाइ ।'-

 

सन् २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले पनि अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउनु भएको थियो ।