६ आश्विन २०८१, आईतवार
,
Latest
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान



अ+ अ-

गलेश्वर । मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ ।

गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब सङ्कलन गरी आइतबारदेखि विद्यालयस्तरमा नै ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान थालिएको हो । सो गाउँपालिकाको वडा नं ५ अर्मनस्थित शिशुकल्याण माविमा अगुवा कृषक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिको रोहवरमा उक्त अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

“जङ्गलमा खेर गएको वनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहर, पातपतिङ्गर र पिसाब मिलाएर जैविक मल उत्पादन गरी बिक्री गर्ने गरी अभियान सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो । तरकारी खेतीमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै उर्वराशक्ति बढाउन कृषि विज्ञ वीरेन्द्रप्रकाश पोख्रेलले कृषकलाई अनुरोध गर्नुभयो । सो अवसरमा जिल्लामा मानवमूत्र सङ्कलनको अवस्था, यसबाट आयआर्जन, कृषकको जीवनस्तरमा आउने परिवर्तन लगायतका विषयमा तयार पारिएको वृतचित्र प्रदर्शन गरिएको थियो ।

मङ्गलाका कृषकले मानवमूत्र सङ्कलन गरेर तरकारी खेतीमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हरेक किसानलाई पिसाबबाट आम्दानीको हिसाब गर्ने बनाएर उनीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन अभियान सञ्चालन गरिएको अध्यक्ष रोका बताउनुहुन्छ । उहाँले सार्वजनिक स्थान र विद्यालयका शौचालमा पिसाब सङ्कलन गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिकाले सानो लगानीमा समेत पर्याप्त आम्दानी गर्न मिल्ने क्षेत्रको पहिचान गरिरहेको छ । कृषकलाई उक्त अभियानका लागि साथ दिनसमेत अनुरोध गरिएको छ । मानव मलमूत्रसँगै पशु मलमूत्र पनि सँगसँगै सङ्कलन गरी भकारो सुधार कार्यक्रमलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । रासस