६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना



अ+ अ-

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रको हस्तान्तरण गर्नुभयो ।

स्थानीय विपद् व्यवस्थापन समितिले सञ्चालन गर्ने केन्द्रले गाउँपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट हुनसक्ने विपद्बाट सर्वसाधारणको जिउ, निजी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचना जोगाउन मद्दत पुग्ने बताइएको छ ।

स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्ने राप्ती सोनारी गाउँपालिका बाँकेमा पहिलो भएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्ती नदी तथा अन्य नदीनालाबाट कटान डुबानजन्य प्रकोप हुने गरेकाले मानवीय तथा भौतिक संरचनाको क्षति कम गर्न केन्द्र स्थापना गरिएको बताउनुभयो ।

केन्द्र सञ्चालनका लागि ‘सेभ द चिल्ड्रेन’ र बाँके युनेस्को क्लबले आवश्यक उपकरण तथा अन्य जिन्सी सामान उपलब्ध गराएको क्लबका कार्यक्रम अधिकृत दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । रासस