६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको कैलाली जिल्ला अधिवेशन स्थगित



अ+ अ-

धनगढी । नेपाली कांग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको जानकारी दिनुभयो । 

      धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी गरिएको छ । प्रदेश अधिवेशन गर्ने जिम्मा कैलाली कांग्रेसलाई दिइएको छ । जिल्ला अधिवेशन केन्द्रीय महाअधिवेशनपछि मात्र गर्ने तयारी गरिएको जनाइएको छ ।

       जिल्लामा कांग्रेसको वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहको अधिवेशन चरणबद्धरूपमा सम्पन्न भइसकेको छ । जिल्ला सभापतिका आकांक्षी वर्तमान उपसभापति प्रकाश बम, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर ओड, पूर्वउपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, युवा नेता भीम बडुवाल र खेमराज चौधरी कांग्रेसको केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भइसक्नुभएको छ । 

       नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । रावल कैलाली निर्वाचन क्षेत्र नं २ मा भएको महाअधिवेशनबाट प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । काँग्रेस प्रतिनिधिसभा तहको अधिवेशनसम्म आइपुग्दा पूर्वसांसद, मन्त्री, पार्टीको महाअधिवेशन र महासमिति सदस्यको जिम्मेवारीमा पुगिसकेका नेता महाअधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित हुनुभएको छ । 

       पूर्वमन्त्री सुशिला स्वाँर, पूर्वसांसद गङ्गाबहादुर कुँवर र संविधानसभाका सदस्य बुद्धिसागर चौधरी महाअधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ । यस्तै महाअधिवेशन प्रतिनिधिका उम्मेदवार पार्टीका जिल्ला सचिव एवं युवा नेता पूर्ण कुँवरसहित पार्टीका जिल्ला नेता फकिरसिंह खडायत, जङ्गबहादुर साउद, वीरबहादुर हमाल, गोविन्दराज जोशी, पनि पराजित हुनुभएको छ । 

पूर्व महाअधिवेशन प्रतिनिधिद्वय डा लक्ष्मीराज पाठक र आनन्दराज जोशीलगायतका नेताले वडा तहको अधिवेशनबाटै पराजय व्यहोरेका छन् । कांग्रेसको महाअधिवेशन प्रतिनिधिका उम्मेदवार वरिष्ठ पत्रकार मनमोहन स्वाँर र उमीदप्रसाद बाग्चन्द पनि पराजित हुनुभएको छ । नाम चलेका नेता पराजित हुँदा यसअघि त्यति चर्चामा नआएका कतिपय नेता कांग्रेसको महाअधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।